अपशब्द बोलेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बनमा परेका छन् ।

  • प्रकाशित मितिः आश्विन १२, २०८०
  • 196 पटक पढिएको
  • समय अनलाइन

पोखराको मणिपाल शिक्षण अस्पतालमा मृतकका आफन्त सामू ‘डाक्टरहरूलाई साफ चुटेर आएँ’ भन्दै अपशब्द बोलेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बनमा परेका छन् ।

श्रेष्ठलाई तत्काल अनुसन्धानका लागि निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) बुद्धिराज गुरुङले जानकारी दिए । डाक्टरहरुको भीडलाई लाठिचार्ज गरेर फर्किएपछि उनले अश्लिल शब्द बोल्दै ‘डाक्टरलाई साफ चुटेर आएँ, ढुटो पारेर रगतै रगत बनाएँ’ भनेको भिडियो भाइरल छ ।

विवादास्पद अभिव्यक्ति दिएपछि उनको चर्को विरोध पनि भइरहेको छ । उनीमाथि छानबिन गर्न प्रदेश प्रहरी कार्यालय, गण्डकीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समितिसमेत बनेको छ ।

कास्की जिल्ला प्रहरी कार्यालय कास्कीले श्रेष्ठको निलम्बन सिफारिस गरेको हो । जिप्रकाले श्रेष्ठलाई निलम्बनको सिफारिस गृह मन्त्रालयलाई गरेको हो । प्रहरी निरीक्षकदेखि माथिका विभागीय कारबाहीका सम्पूर्ण अधिकार माथि नै रहेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले समय अनलाईन जानकारी दिए ।

छानबिन तथा अनुसन्धानका लागि इन्स्पेक्टर श्रेष्ठलाई निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले पुष्टि गरेका छन् । निलम्बनको अवधि छ महिनाको हुन्छ । दोषी देखिए नियमानुसार विभागीय कारबाही हुन्छ ।

इन्स्पेक्टर श्रेष्ठ हालै कास्कीमा सरूवा भएर आएका हुन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved