खतिवडालाई पक्राउ गरिएको प्रहरीलेजापान पठाउने भनेर ४६ लाख रुपैयाँ लिएर फरार म्यानपावर सञ्चालक पक्राउ

  • प्रकाशित मितिः आश्विन १४, २०८०
  • 152 पटक पढिएको
  • समय अनलाइन

जापान पठाइदिने भनेर रकम असुलेर फरार भएको आरोपमा काठमाण्डूको एक म्यानपावर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका-२ का ५० वर्षीय डिल्लीराम खतिवडा छन् । उनी म्यानपावर कम्पनी जेनुइन प्लेसमेन्ट प्रालिका सञ्चालक भएको बताइएको छ । खतिवडा काठमाण्डू धुम्बाराहीमा बस्दै आएका छन् ।

उक्त कम्पनीबाट ढकराज आचार्यसहित १२ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिने आश्वासन दिएर खतिवडाले प्रतिव्यक्ति ८ लाख रुपैयाँ उठाएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

जापान पुगेपछि प्रतिष्ठित कन्स्ट्रक्सन मासिक एक लाख ८० हजार तलब पाइने काम लगाइदिने आश्वासन ठगिनेहरूले बताएका छन् । खतिवडाले पीडितहरूबाट पटक पटक गरी ४६ लाख रुपैयाँ उठाएको प्रहरीले जनाएको छ ।

रकम उठाएर सम्पर्क विहीन भएपछि पीडितहरूले वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए । सोही आधारमा खतिवडालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धान गर्न वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved