दमक अस्पतालकाे आन्तरिक विवाद: डाक्टर गैरेद्धारा २ करोड बढी अपचलन

  • प्रकाशित मितिः आश्विन १७, २०८०
  • 301 पटक पढिएको
  • समय अनलाइन

दमक अस्पतालकाे आन्तरिक विवाद: डाक्टर गैरेद्धारा २ करोड बढी अपचलन
दमक।झापाको दमक- ८ स्थित दमक हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.बाट संचालक डा.चन्द्र प्रकाश गैरेले २ करोड बढी रकम अपचलन गरेको आन्तरिक विवाद समाधान समितिले औंल्याएको छ।

दमक नगरपालिकाको वडा नं. ८ कार्यालयद्धारा हस्पिटलका मालिकहरुबीचको जारी विवाद मिलाउन गठन गरिएको समितिले वडालाई बुझाएको प्रतिवेदनमा सो कुरा उल्लेख छ। संचालक गैरे बिराटनगरस्थित बिराट टिचिङ हस्पिटलमा फुलटाइम काम गर्छन् भने दमककै ओम शान्ति डेन्टल हस्पिटलका मालिक हुन्। उनी ओम शान्तिमा बिदाका दिन आएर काम गर्ने गर्छन्।

दमक हस्पिटलका मालिकहरुको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि वडा नं. ८ कार्यलयमा भएको सर्वपक्षीय भेलाले विवादबारे अध्ययन गर्न वडा सदस्य खेमबहादुर श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो। समितिमा अम्बिका खनाल, लिला गुरागाईं, डिल्लीप्रसाद न्यौपाने र कृष्ण कार्की सदस्य थिए। समितिले केही दिन अघि ८ नं. वडा कार्यालयका अध्यक्ष दिपेश दाहाललाई प्रतिवेदन बुझाएको थियो।

हस्पिटल एकलौटी संचालन गर्दै डा. गैरेले २ करोड बढी अपचलन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। उनले हस्पिटलको शेयर दिने भन्दै उठाएको रकम र हस्पिटलबाट अपचलन गरेको रकम २ करोडबढी देखिएको हो। हस्पिटलमा कार्यरत डाक्टर सञ्जय रिमाल, डाक्टरहरु प्रकाश शर्मा, बिमला बुढाथोकी, दिब्य तुलाचन, लिलासुन्दर श्रेष्ठसहित ८ जनालाई शेयर दिने भनेर ६१ लाख उठाएर लगेको तर शेयर नदिएको समितिको प्रतिबेदनमा उल्लेख छ।

त्यस्तै आफन्तसहित बिभिन्न ब्यक्तिको नाममा चेक काटेर संचालक गैरेले ठुलो रकम अपचलन गरेको र सो रकम हस्पिटलमा जम्मा गर्न पनि समितिले सुझाव दिएको छ। उनले हस्पिटलको फार्मेसी ठेक्कामा लिएर चलाएको र सम्झौता अनुसार हस्पिटललाई रकम नदिएको समितिले औल्याएको छ। बिक्रीको १५ प्रतिशत रकम दिने सम्झौता गरि फार्मेसी संचालन गरेको र तर त्यसबापत गैरेले ६१ लाखबढी रकम हस्पिटललाई दिनुपर्ने समितिले सुझाएको छ।

हस्पिटलबाट बाहिर जाने ल्याव टेस्ट भनेर बिभिन्न मितिमा संचालक संचालक गैरेले २९ लाख अपचलन गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ। दमक हस्पिटलबाट आउटसोर्सका लागि दमककै निर्णायक रेफेरेन्स ल्याव प्रालिमा स्याम्पल गएको तर सो रकम निर्णायक ल्याव वा अन्य ल्यावलाई नदिई आफैँ लगेको देखिएको समितिले जनाएको छ।

मालिकहरुको आन्तरिक विवादका कारण हस्पिटल बन्द हुनसक्ने सम्भावना देखिएको भन्दै समितिले प्रतिवेदनमा त्यसका लागि स्थानीय सरकारलाई दुबै पक्षलाई राखेर वार्ता र छलफलको माध्यमबाट समस्या समाधान गर्न सुझाव दिएको छ। मालिकहरुको आन्तरिक द्धन्दले हस्पिटल बन्द भए त्यसले ६ दर्जन बढी बेरोजगारी हुने, लगानीकर्ताको करोडौँ डुब्ने र सर्वसाधारण स्वास्थ्य बिमा सुबिधासहितको स्वास्थ्य सेवा लिनबाट बञ्चित हुनुपर्ने अवस्था देखिन्छ प्रतिवेदनमा उल्लेख छ। संचालककै आन्तरिक विवादका कारण हस्पिटल बन्द हुनुहुँदैन र स्वास्थ्य जस्तो महत्वपूर्ण सेवा पाउनबाट जो कोही पनि बञ्चित हुनुहुँदैन भन्दै प्रतिवेदनमा भनिएको छ। विवादका कारण हस्पिटल प्रशासन र कर्मचारीलाई काम गर्न निक्कै तनाव देखिएको र संचालककै आन्तरिक विवादमा पर्नु र बन्द हुनु कसैको हितमा हुँदैन।

प्रतिवेदनमा हस्पिटलका मालिकहरुबीच विवाद हुनुका मुख्य कारण नै संचालक डा.गैरेले एकलौटी निर्णय गर्दै हस्पिटल संचालन गर्नु र आर्थिक अपचलन गर्नु देखिएको उल्लेख गरिएको छ। ७ जना मालिक भएपनि संचालक गैरेले ४ आर्थिक बर्ष आफुखुसी एकलौटी चलाएको देखिएको छ।

प्रतिवेदनमा भनिएको छ : करिब ४ आर्थिक बर्ष आफुखुशी एकलौटी आर्थिक कारोबारदेखि हस्पिटलको सम्पुर्ण कारोबार गरेको देखिएको छ। संस्थामा कहिल्यै संस्थागत निर्णय र साधारण सभा गरेको देखिदैन। हस्पिटलको ५० प्रतिशत शेयर काठमाडाैँका अर्का डाक्टर निराजन भुसालको नाममा छ र उनी हस्पिटलका अध्यक्ष हुन्। तर, उनी हस्पिटलको संस्थागत काममा आएको देखिँदैन र संस्थागत निर्णयमा उपस्थित भएको देखिदैन : प्रतिवेदनमा उल्लेख छ।

हस्पिटलको सम्पूर्ण आय विवरण प्रष्ट देखिए पनि ब्यय विवरण अस्पष्ट र अपारदर्शी देखिएको प्रतिवेदनमा उल्लेख गर्दै भनिएको छ : ब्ययको ५० प्रतिशत बढीको आधिकारिक बिल भौचर देखिँदैन, ठुलो रकमको चेक ब्यक्तिको नाममा काटेर रकम अपचलन गरेको देखिन्छ। कर कार्यलयमा कर बुझाउँदा, स्वास्थ्य बिमा ल्याउँदा, बिमाको रकम ल्याउँदा र हस्पिटल नवीकरण गर्दा ठुलो रकम खर्च गरेको भनिए पनि त्यसको आधिकारिक बिल भरपाइ नदेखिएको समितिले औल्याएको छ।

अस्पतालले ४ आर्थिक वर्षमा १६ करोड बढी आम्दानी गरेको देखिएको छ। तर, खर्चको विवरण आय ब्यय विवरण प्रमाणित हुन नसक्ने र अपारदर्शी देखिएको समितिले औल्याएको छ। संचालकहरुबीच विवादको मुख्य विषय पनि ब्यय विवरण पारदर्शी नहुनु हो। हस्पिटलले डाक्टरसहित बिभिन्न बिक्रेताहरुलाई २ करोड बढी तिर्न बाँकी रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved