नागढुंगाबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले लु. २ ख. २१२१ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा चितवन, भरतपुर महानगरपालिका - ११ बस्ने वर्ष ३२ को रुबिन थापाको साथबाट नोर्फिन ७५ एम्पुल, फेनरागन ७७ एम्पुल र डाईजापाम ७७ एम्पुल लागूऔषध बरामद गरेको हो ।
यसैगरी ना. ५ ख. २१९० नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका - १ बस्ने वर्ष २१ को निरोज पराजुली र धादिङ, धुनिबेँसी गाउँपालिका - ३ बस्ने वर्ष २६ को संजिप परियारको साथबाट लागूऔषध डाइजेल्याव २४ एम्पुल, फेनेरागन २४ एम्पुल , नोर्फिन २४ एम्पुल र सिरिन्ज ४ थान बरामद गरेको छ ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved