इटहरी/ संविधानसभाका अध्यक्ष स्व सुवास नेम्वाङको स्मृतिमा आगामी असोज १९ र २० गते राष्ट्रिय युवा संघ इटहरीले फुटसल आयोजना गर्ने भएको छ ।
असोज १९ गते पाथिभरा फुटसल काव्यबाटिकामा बिहान सात बजे बाट सुरु हुने " स्व.सुवासचन्द्र नेम्वाङ स्मृति उप-महानगर स्तरिय फुटसल प्रतियोगिता २०८०" खेल १९ र २० गते २ दिन चल्ने र खेलमा इटहरी उपमहानगरपालिका भित्रका २८ ओटा टिमले प्रतिस्पर्धा गर्ने र प्रतियोगितामा प्रथम हुनेले ५१ हजार सिल्ड, मेडल र प्रमाणपत्र र दोस्रो हुनेले ३१हजार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने राष्ट्रिय युवा संघ इटहरीका अध्यक्ष कमल जङ्ग दाहाल ले बताए ।
स्व.सुवासचन्द्र नेम्वाङ स्मृति उप-महानगर स्तरिय फुटसल प्रतियोगिता२०८०" खेलको उद्घाटनका दिन स्वर्गीय नेम्वाङका छोरा सुहाङ नेम्वाङ को समेत उपस्थिति रहने र समापनका दिन नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेत को उपस्थिति रहने सचिब सुमन कट्वालले बताए।
को हुन् सुबास नेम्वाङ ?
विस २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख भएका नेम्वाङ २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष भएका थिए । नेम्वाङ विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बने । उनी त्यसपछि पुनः राष्ट्रियसभा सदस्य भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित भएका नेम्वाङ संविधानसभा निर्वाचन २०६४ र २०७० मा पनि इलाम २ बाट नै निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved