सुनसरीको इटहरीमा कर्पाेरेट क्रिकेट फेस्टिवल २०८० सुरु भएको छ ।
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना तथा रोटरी क्लव अफ इटहरी युगलको सह आयोजनामा कर्पाेरेट क्रिकेट फेस्टिवल सुरु भएको हो ।
आयोजक जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरीको अध्यक्षता तथा खेलकुद विकास वोर्ड कोशी प्रदेशका सदस्य सचिव हर्षराज वाग्लेको प्रमुख आतिथ्यमा प्रतियोगिता उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन खेलमा कस्तुरी कलेज इटहरी र उद्योग वाणिज्य संघ इटहरी टिम विच भएको थियो ।
छरिएर रहेका व्यवसायीहरुलाई एक आपसमा चिनजान र भाइचारा अभिवृद्धि गराउन, खेलको माध्यमबाट होटल तथा पर्यटन व्यवसायलाई चलायमान गराउने उद्देश्यले सञ्चालन गरिएको प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ भने खेल सुपर ६ मा खेलाइए जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका महासचिव सफल पौडेलले जानकारी दिए ।
प्रतियोगिताको प्रथम हुने टिमले २५ हजार नगद सहित शिल्ड प्रमाण पत्र, दोस्रो हुने टिमलाई १५ हजार नगद सहित शिल्ड प्रमाण हात पार्ने छन् । प्रतियोगिता नेपाल डिभिएम स्कुलको खेल मौदानमा सुरु भएको हो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved