रसियामा जारी २१ औं विश्वकप फुटबलको प्रि—क्वाटरफाइनलसम्मका सबै खेल अर्थात् ६४ खेलमध्ये ५६ खेल सकिएका छन् । प्रतियोगितामा केही अनपेक्षित नतिजा आइरहेको बताइरहेका बेला धेरैको नजर गोलकिपरमा पनि परेको छ ।
यसबेला विश्वकपमा राम्रो प्रदर्शन गर्ने खेलाडीको मात्रै होइन गोलरक्षकको पनि उत्तिकै चर्चा छ । यस्ता गोलकिपरमा कसैले आफ्नो टिमलाई निरास बनाएका छन् भने कसैले अगाडिको ढोका खोलिदिएका छन् । विश्वकपपूर्व नामै नसुनिएका गोलकिपरले सम्झनलायक छाप छोडेर जाँदा विभिन्न देशका लिगमा उत्कृष्ट मानिएका केही गोलकिपरले भने फितलो प्रदर्शन गरे ।
यी किपरमध्ये उत्कृष्ट “सेभ” गर्दै आफ्नो टोलीलाई जित दिलाउने केही गोलरक्षकको यतिबेला विश्वभरी चर्चा भइरहेको छ । त्यसो त, क्लबबाट खेल्दा उत्कृष्ट प्रदर्शन गर्ने र देशबाट फितलो खेल्ने केही खेलाडीको चर्चा पनि कम छैन ।