कटुवा पेस्तोल सहित ३ जना पक्राउ मोरङ

  • प्रकाशित मितिः कार्तिक ५, २०८०
  • 286 पटक पढिएको
  • समय अनलाइन

बिराटनगर /मोरङको धनपालथान गाउँपालिका-२ स्थितबाट कटुवा पेस्तोल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व सुरक्षा बिशेष कार्य योजना अनुसार प्रहरी चौकी अमाहीबरियातीबाट हिजो राती साढे ९ बजे गस्तीमा खटिएको गस्ती टोलीले धनपालथान-२ स्थित भित्री सडक खण्डमा सडक छेउमा रोकी राखेको BR 06 PA 1362 नम्वरको स्कारपियो गाडीलाई संका लागि चेकजाँच गर्दा उक्त गाडीको ड्यासबोर्ड भित्र लुकाई राखेको कटुवा पेस्टोल १ थान र ३ राउण्ड गोली समेत फेला पारेको हो ।

गाडीमा गोली सहित कटुवा पेस्तोल फेला परे संगै गाडी चालक सर्लाही हरीपुर्वा-७ का २७ बर्षीय रबिन्द्र कुमार यादव र गाडीमा सवार रहेका सर्लाही हरीपुर्वा-७ का २० बर्षीय कमलेश कुमार यादव र महोत्तरी गौशाला-६ का २२ बर्षीय राम दयाल यादव समेतलाई पक्राउ गरिएको हो ।
कटुवा पेस्तोल सहति पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved