सुनसरीको इटहरी १९मा शुक्रबार शुरु भएको प्रथम अल्टिच्युड रनिङ कप फुटवल प्रतियोगिताको दोश्रो खेल आरआईएफसी काठमाण्डौले जितेको छ। आरआईएफसीले बिएम एकेडेमी बेलबारी मोरङ्गलाई २–१ले पराजित गरेको हो।
आरआईएफसी काठमाण्डौको जित निकाल्न सौर्य रावत र आमोस लिम्बुले गोल गरेभने बेलबारीका लागि सान्त्वना गोल आदित्य तामाङ्गले गरेका थिए।;आरआईएफसी काठमाण्डौले जित्यो अल्टिच्युड रनिङ कप फुटवलको दोश्रो खेलयस्तै दोश्रो हाफको १२औँ मिनेटमा ु काठमाण्डौका जर्सी नम्बर २का आमोस लिम्बुले गोल गर्दै खेललाई २–०को अग्रता दिलाएका थिए। दोश्रो हाफको २९औँ मिनेटमा बेलबारीका जर्सी नम्बर ७का आदित्य तामाङ्गले गोल गर्दै गोल अन्तर २–१ बनाएका थिए। बेलबारीका खेलाडीले दोश्रो गोल गरेर खेललाई बराबरी गर्ने कोशिस गरेपनि अन्तत खेल आरआईएफसी काठमाण्डौले जित्यो।खेलको पहिलो हाफको १९औँ मिनेटमा आरआईएफसी काठमाण्डौको तर्फबाट जर्सी नम्बर ११का सौर्य रावतले गोल गर्दै दोश्रो खेलको खाता खोलेका थिए। रावतले गरेको गोल नै पहिलो हाप सकिएको थियो। रावतले गोल गरेपछि चम्किएको खेलमा बेलबारीका खेलाडीले जवाफि गोल गर्न पटक पटक प्रयास गरेपनि गोल गर्न सकेनन्। कार्यक्रममा अल्टिच्युड क्लबका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका पुर्व उपाध्यक्ष पिताम्बर तिम्सिना र क्लवका उपाध्यक्ष सुन्दरमणी राईलगायत उपस्थिती थियो।
भोलीको आईतबारको खेल आईतबार तालतलैया फुटबल क्लव इटहरी र चित्लाङ फुटबल क्लव काठमाण्डौका बीच हुने खेल संयोजक मनोज तामाङ्गले समयअनलाइन बताउनुभयो
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved