कल्पवृक्ष सेवा समाजको शुभकामना आदानप्रदान कार्यक्रम

  • प्रकाशित मितिः कार्तिक १९, २०८०
  • 438 पटक पढिएको
  • जीवन फुयाँल

इटहरी/ कल्पवृक्ष सेवा समाजले दिपावली छैठ एवं नेपाल सम्वत ११४४को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। समाजले नेपाल सरकारका पुर्व सहसचिव प्रदिप राज कँडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम गरेको हो।

कार्यक्रममा हालै जाजरकोट तथा रुकुम पश्चिममा गएको भुकम्पमा परेर ठुलो जनधनको क्षति भएको एवं धेरै ब्यक्तिहरुले मृत्युवरण गरेकोमा दुख ब्यक्त गर्दै चाडपर्व मनाउँदा अनावश्यक तडकभडक नगरी सम्यम र मितव्ययी भएर मनाउन जोड दिदैं वृध्द्वृद्दा, असहाय, अपाङ्गता भएका ब्यक्ति, अनाथ बालबालिका तथा दैविप्रकोप पिडित साथै स्वास्थ्य उपचार गर्न असमर्थ नागरिकहरुसँग सहकार्यमा निरन्तरता दिने प्रतिबद्दता जनाएका छन्।

कार्यक्रममा प्रमुख अतिथि कँडेलले राहत तथा सहयोग एकद्वार प्रणालीबाट वितरण गर्दा समानुपातिक र पारदर्शी हुने भन्दै संस्थागत रुपमा राहत तथा सहयोग जस्तो सामाजिक कामको प्रशंसा गनुभएको छ। उहाँले कार्यक्रममा कार्य सफलताको शुभकामना समेत दिनुभएको छ।https://samayaonline.com/uploads/2023/11/one.jpg

कार्यक्रममा बढ्दो जलबायु नियन्त्रण गर्न सँस्थाले वातावरण तथा पर्यावरण संरक्षण सम्बन्धि कार्यहरु गर्दै आएको र निरन्तरता दिने संस्थाका अध्यक्ष भिमनाथ गौतमले प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा सँस्थाका प्रमुख संरक्षक अर्जुन पौडेलले सबैजना सँग सहकार्य गरेर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यमा निरन्तरता दिन सबैको साझा सँस्थाको रुपमा भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा संस्थाका प्रतिनिधिहरु तथा सामाजिक सघ सँस्थाको प्रतिनिधिहरुको उपस्थिति थियो। सँस्थाका अध्यक्ष गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी सचिव पवित्रा आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको र संस्थागत उद्देश्यको बारेमा थप पुष्टि गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved