ताप्लेजुङको फुङलिङ नगरपालिका–८ का एकल महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने उद्देश्यले उन्नत जातका बाख्रा वितरण गरिएको छ । गाउँका एकल महिलाका लागि वडा कार्यालयको सहयोगमा निःशुल्क बाख्रा वितरण गरिएको हो ।
फुङलिङ नगरपालिका–८ का वडाध्यक्ष क्षितिज सुनुवारले वडावासी एकल महिलालाई आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्य राखेर उन्नत जातका बाख्रा वितरण गरिएको बताए । वडाभित्रका ६० वर्षभन्दा कम उमेर भएका ३३ जना एकल महिलालाई एक–एकवटा बाख्रा निःशुल्क वितरण गरिएको उनले जानकारी दिए ।
वडा कार्यालयले निःशुल्क उपलब्ध गराएको बाख्रा कम्तीमा दुई वर्षसम्म आफ्नो घरमा पालेको हुनुपर्ने सर्त राखिएको छ । समय–समयमा हुने अनुगमनका क्रममा घरमा बाख्रा नपालेको पाइएमा वडा कार्यालयबाट प्रवाह हुने अन्य सेवा–सुविधा सबै रोक्का हुनेबारे सम्बन्धित महिलालाई सचेत गराएरै बाख्रा वितरण गरिएको वडाध्यक्ष सुनुवारले बताए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2023 - Samayaonline.com All rights reserved