स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३९ जना घाइते

  • प्रकाशित मितिः मंसिर १०, २०८०
  • 202 पटक पढिएको
  • समय अनलाइन

उदयपुरमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्। त्रियुगा नगरपालिका– ५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी स्कुलका विद्यार्थी बोकेको बस शनिबार दुर्घटनामा परेको हो।

मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ७ जोगीटोल अँधेरी खण्डमा प्र१ ०५००१ ख ००४४ नम्बरको बस दुर्घटना हुँदा चालक भिखन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिन्नद चौधरीले बताए।

चौधरीका अनुसार दुर्घटनास्थलबाट उद्धार गरी घाइतेहरूलाई जिल्ला अस्पताल गाईघाट ल्याइएको छ। उनले भने, ‘मृतक बसचालक र घाइतेको विवरण संकलन भइरहेको छ, हामीले दुर्घटनाग्रस्त स्थानबाट उद्धार गरी ल्याएका छौँ।’

प्रनाउ चौधरीले थप विवरण संकलन भइरहेकाले हालसम्म एकजनाको मात्र मृत्यु पुष्टि भएको बताउँदै भने, ‘बस के कति कारणले दुर्घटना भयो? त्यसको अनुसन्धान सुरु भएको छ।’

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved