इटहरी उपमहानगरको विद्यालय खाजा कार्यक्रम : समस्या नीतिमा की वितरणमा ?

  • प्रकाशित मितिः पुष १, २०८०
  • 245 पटक पढिएको
  • जीवन फुयाँल

इटहरी/ संघीय सरकारले कक्षा ५ सम्म अध्ययन गर्ने बिद्यार्थीका लागि प्रत्येक दिन १५ रुपैयाँ विद्यालय खाजामा अनुदान दिने व्यवस्था गरेको छ। खाजा कार्यक्रम लागू भएपछि भोकका कारण दिउँसै बिद्यालय छाड्ने बिद्यार्थीको संख्या घटेको सरकारी तथ्यांक छ। 

तर सरकारले दिएको दैनिक १५ रुपैयाँले खाजा कार्यक्रम सञ्चालन गर्न अधिकांस स्थानीय तहलाई समस्या छ। सामुदायिक विद्यालयहरूमा खाजा कार्यक्रम सुरु गरेपछि विद्यार्थीको आकर्षण बढेको सरकारको दाबी छ  । तर अहिलेको यस्तो महँगीमा १५ रुपैयाँले कस्तो खाजा खुवाउनु ? यही प्रश्नको समाधान गर्न इटहरी उप महानगरपालिकाले सङ्घीय सरकारले दिएको अनुदानमा दैनिक ३२ रुपैयाँ थपेर कक्षा ६ सम्मका विद्यार्थीलाई खाजा खुवाउन सुरु गरेको छ । 

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि तीन करोड ६६ लाख १६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । 

सङ्घीय सरकारले चालु आर्थिक वर्षका लागि इटहरी क्षेत्र भित्रका सामुदायिक तथा धार्मिक  विद्यालयका लागि एक करोड ९८ लाख ८४ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ । 

diwa khaja photo

 

 

सङ्घीय सरकारको अनुदान र नगरपालिकाको बजेट समेत गरेर उप महानगरमा खाजा कार्यक्रम सञ्चालनका लागि पाँच करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको इटहरी उप महानगरका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले बताए । 

उनका अनुसार कक्षा ६ सम्मकै विद्यार्थीका लागि टेन्डर मार्फत ठेक्का लगाएर दिवा खाजा कार्यक्रम सुरु भएको हो । 

इटहरी उप महानगर पालिका शिक्षा शाखाका अनुसार इटहरी उप महानगरपालिकामा रहेका सामुदायिक विद्यालय, धार्मिक विद्यालय र बाल विकासमा ८ हजार २८ जना विद्यार्थी अध्ययनरत छन् । 

उनीहरूका लागि भनेर पहिलो पटक दिवा खाजा पकाएरै खुवाउने इटहरी उप महानगरले निर्णय गरेको छ । 

यस्तो छ उपमहानगरले बनाएको खाजा मेन्यु 

विद्यार्थीलाई खाजा मात्रै होइन पौष्टिक खाजाका लागि उप महानगरले खाजाको आफ्नै मेन्यु तयार पारेको छ । उप महानगरले मेन्यु तयार पारि सोही मापदण्डको आधारमा खाजा खुवाउन टेन्डर खुलाएको थियो  । 

उपमहानगरले आइतबार प्रति विद्यार्थी २१० ग्रामको तीन किसिमका फलफूल, सोमबार भुटेको अण्डा र चिउरा, मङ्गलवार मिक्स गेडागुडीसँगै चिउरा, बुधवार खीर र तरकारी को मेनु बनाएको छ । 

यस्तै बिहीबार दही, चिउरा, तरकारी र शुक्रवार खसी वा कुखुराको मासु र चिउरा खुवाउनुपर्नेछ । शाकाहारीका लागि भने मटर–पनिर र चिउरा खुवाउनु पर्ने मेन्यु बनाएको राम चरित्र मेहताले बताए । 

उप महानगरले मेन्यु र मापदण्ड सहित टेन्डर आव्हान गरेपछि खाजा कार्यक्रम सञ्चालन गर्न भन्दै ५ वटा कम्पनीले दरखास्त दिएका थिए । 

दरखास्त दिने कम्पनीहरूमा एरिना बैंकेटले ५ करोड ६२ लाख, लामा कन्ट्रक्सनले  ९ करोड २८ हजार, पाथीभरा कन्ट्रक्सनले ७ करोड ७८ लाख, रानी शनि पल्ला किराना रासन सप्लायर्सले ६ करोड ९९ लाख, सिर्जनशिल सञ्चार समूहले ८ करोड ६२ लाख रुपैयाँमा ठेक्का हालेको प्रमुख प्रशासकीय अधिकृत मेहताले बताए । 

टेन्डर हालेका मध्ये सबैभन्दा कम मा बोल कबुल गरेको एरिना बैक्वेटले इटहरीमा खाजा कार्यक्रम सञ्चालनका लागि ठेक्का पाएको इटहरी उप महानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताए । 

उनले भने, “हामीले खरिद ऐन अन्र्तगत खाजा कार्यक्रमका लागि ठेक्का खुलाएका हाँै । नियम अनुसार सबै भन्दा कम मूल्यमा खाजा कार्यक्रम सञ्चालन गर्ने ठेक्का हालेको कम्पनीलाई ठेक्का दिएका छौ । ” 

उनले मेन्यु सहितको मापदण्ड बनाएर ठेक्का खुलाएका थियौ प्रक्रिया अन्र्तगत जसले पाउनु पर्ने हो । उसैले ठेक्का पाएको पौडेलको भनाई छ । 

खाजा कार्यक्रम नेपालमै उदाहरणीय बन्ने नगर प्रमुख हेमकर्ण पौडेलले दाबी गरेका छन् ।उनले भने, अहिलेको महङ्गगीमा सरकारले उपलब्ध गराएको १५ रुपैयाँले एउटा स्याउ समेत नआउने भएकाले उपमहानगरले बजेट थप गरी व्यवस्थित रूपमा खाजा कार्यक्रम सुरु गरिएको हो । 

यसअघि इटहरी क्षेत्रका सामुदायिक विद्यालयहरूले आफै व्यवस्थापन गरी प्रति विद्यार्थी १५ रुपैयाँ बराबरको खाजा खुवाउने गरेका थिए । 

पौडेलले उप महानगरले बनाएको मापदण्ड अनुसार खाजा कार्यक्रम सञ्चालन गर्ने कम्पनीले मापदण्ड पुरा नगरे ठेक्का प्रक्रिया समेत रद्द गर्न सकिने बताए  । हामी निरन्तर अनुगमनमार्छाँै । कम्पनीलाई व्यवस्थित गर्न सहयोग समेत गरिरहेकाछौ ।  हामीले बनाएको मेन्यु र मापदण्ड अनुसार खाजा कार्यक्रम सञ्चालन नभए अर्को विकल्प खोजिने पौडेलले बताए । 

सञ्चालनमा देखिएको चुनौती 

मङ्सिर २४ गते इटहरी १ स्थित राष्ट्रिय उच्च माविमा उपमहानगरपालिकाले दिवा खाजा कार्यक्रम औपचारिक रूपमा उद्धघाटन गरिरहँदा सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल बन्यो । 

एउटा कचौरामा आधा कोसा केरा, स्याउ र सुन्तला भएको तस्बिर भाइरल बनेपछि  उपमहानगरपालिकाको तीव्र आलोचना भयो । 

पहिलो दिन नै कार्यक्रमको तिव्र आलोचना भएपछि इटहरी उपमहानगरले कार्यपालिका सदस्य प्रमोद शेर्पाको नेतृत्वमा अनुगमन ग¥यो। अनुगमनका क्रममा मापदण्ड अनुसारको खाजा नखुवाइएको पाइएपछि ठेकेदारलाई सुधार गर्न तत्काल निर्देशन दिइयो । 

कार्यक्रमलाई उपमहानगरले साता भरी अनुगमन गरेर कमी कमजोरी सुधार्न निर्देशन दिएपछि अहिले समस्या समाधान हुँदै गएको शिक्षा शाखा प्रमुख फाल्गुनी काफ्लेले बताए । ८ हजार बढी विद्यार्थीलाई एउटै समयमा विभिन्न मेनुका खाजा पु¥याउनु निक्कै चुनौतीपूर्ण भएकाले सुरुवाती दिनमा समस्या आए पनि अब नआउने काफ्लेले बताए । 

कार्यक्रम राम्रो छ, तर व्यवस्थित बनाउनु पर्छ

 उपमहानगरको दिवा खाजा कार्यक्रम राम्रो भएको प्रतिक्रिया  दिएका छन् । विद्यार्थीलाई पोसिलो खाना खुवाउनु र विद्यालयमा टिकाएर राख्न यो कार्यक्रम  राम्रो रहेको शिक्षा क्षेत्रका अगुवा बताउँछन् । 

तर खाजा वितरण प्रकृयामा भने सुधार गर्नुपर्ने उनीहरुको तर्क छ । कार्यक्रम राम्रो भएपनि वितरण प्रकृया प्रभावकारी नहुँदा तिव्र आलोचना भएको उनीहरुको भनाई छ । 

भोक भोकै विद्यालय गएर पानीका भरमा दिन कटाउनु पर्ने विद्यार्थीको बाध्यतालाई हेर्दा खाजा कार्यक्रम महत्त्वपूर्ण भएको इटहरी ३ स्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ भट्टराईले  बताए ।

 इटहरी उप महानगरको यो प्रयास धेरै राम्रो छ । यसले विद्यार्थीहरूलाई विद्यालयमा राखी राख्न सहज हुने उनको तर्क छ । तर यो कार्यक्रमलाई व्यवस्थित बनाउनु पर्ने भट्टराई बताउँछन् । कक्षा एकको विद्यार्थीलाई खुवाइने खाजा र ६ कक्षाका विद्यार्थीलाई खुवाइने खाजाको परिमाण एउटै हुन नहुने प्रधानाध्यापक भट्टराईले बताए । 

महेन्द्र माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र घिमिरेले कलिला बिद्यार्थीहरुलाई सधैँ चिउरा मात्र दिन नहुने र उनीहरूलाई उपमहानगरले तोकेको मापदण्ड अनुसारको खाजा दिइनुपर्ने बताए । 

यसका लागि विद्यालय व्यवस्थापन  समितिका पदाधिकारी र शिक्षकले पनि निगरानी गर्नुपर्ने घिमिरेको भनाई छ । दिवा खाजा कार्यक्रमले अङ्गीकार गरेको अन्तर्निहित मर्म र उद्देश्यलाई आत्मसाथ गरी हाललाई उपलब्ध बजेटलाई नै आधार बनाएर थप सृजनशील ढङ्गले काम गर्ने हो भने यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन सकिने घिमिरेको सुझाव छ ।

कार्यक्रमलाई थप व्यवस्थित बनाँउछौँ 

खाजा कार्यक्रम सञ्चालन गर्न सुरुवातको दिनमा केही कमी कमजोरी भएकाले सुधारेर जाने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ।

ठेक्का पाएको कम्पनी एरिना ब्यांक्वेटका सञ्चालक समीर कार्कीले नगर क्षेत्रभित्रका आठ हजार विद्यार्थीलाई खाजा खुवाउने क्रममा शुरुवाती  दिनमा केही कमजोरी भए पनि त्यसबाट धेरै अनुभव सिकिएकाले आगामी दिनमा सुधार हुने बताए । 

सुरुआत गरेको दुई दिन बित्न नपाउँदै आलोचना सुरु भए पनि एक साताभित्र सबै व्यवस्थापन  मिलिसक्ने कार्कीको भनाई छ । इटहरीका सबै सामुदायिक विद्यालयभित्र क्यान्टिन नभएका कारण पनि समस्या भइरहेको उनको भनाइ छ ।

सबै विद्यालयले विद्यार्थीको वास्तविक संख्या उपलब्ध नगराएको कारण पनि सुरुवातमा समस्या भएको र अब गुनासो नआउने गरी खाजा कार्यक्रम सञ्चालन गर्ने कार्कीले बताए । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved