इटहरी ५ द्वारा दुई दिने कौशी खेति कार्यक्रम शुरु

  • प्रकाशित मितिः पुष ६, २०८०
  • 225 पटक पढिएको
  • जीवन फुयाँल

इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ५ द्वारा दुई दिने कौशी खेति कार्यक्रम शुरु गरिएको छ। कृषीलाई पहिलो प्राथमिकता राखेर इटहरी उपमहानगरपालिका वडा नम्बर ५ द्वारा दुई दिने कौशी खेति कार्यक्रम थालिएको हो।

आज र भोलि हुने कौशी खेति कार्यक्रममा इटहरी ५ का ५० वटा टोल विकास संस्था मध्य १४ वटा टोल बिकास संस्थालाई छनोट गरेर प्रत्येक टोल विकास संस्थाका  ५-५ जना महिलालाई कौशी खेतीका लागि छनोट गरिएको छ । जसमा ७० जना रहेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका उप प्रमुख संगिता कुमारी चौधरी रहेनुभएको थियो। उहाँले कौशी खेतिका लागि इटहरी सरकारले समेत सहयोग गर्ने बताउनुभयो । घरभित्रको फोहोरलाई घरभित्रै व्यवस्थापन गरी सहरलाई प्रदूषणमुक्त बनाउन, उद्यमशीलता विकास गर्न र सहरी सुन्दरता प्रवर्द्धन गर्न कौशी खेतीले महत्त्वपूर्ण योगदान दिनसक्ने  उहाँले बताउँनु भयो ।IMG-20231222-WA0017

कार्यक्रमको विशिष्ट अतिथि रहनु भएको इटहरी उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भीष्म कुमार घिमिरेले यस वटा मार्फत गरिएको कार्यक्रम स्थानीय व्यक्तिलाई व्यवसायीकरण बनाउने उदेश्य रहेको बताउनुभयो ।

अझै पनि इटहरीमा तरकारी बाहिरबाट आयात गर्नुपर्ने बाध्यता रहेको जानकारी दिदै इटहरीका अधिकांश घरको कौसीमा तरकारी फलाउन सके वाहिरवाट तरकारी आयात गर्नु पर्ने बाध्यता हटाउन सकिने उहाले बताउनुभयो ।

कौशी खेतिबाट करेसाभित्र कौशी खेतीका लागि ठाउँ मिलाउने, भार अनुमान गर्ने, माटो संकलन, पानीको जोहो, बाली व्यवस्थापन, मल व्यवस्थापन, रोग एवं किरासम्बन्धी जानकारीसँगै कोशीमा प्रयोग हुने विभिन्न प्रविधिबारे जानकारी उपलब्ध गराइएको थियोे । प्रशिक्षक गंगा अधिकारीले गर्नु हुने भएको छ । IMG-20231222-WA0023

कार्यक्रमको सचालक  इटहरी उपमहानगर वडा पाँचको सचिव शर्मिला दाहालले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved