विँश्वकप का बाँकि खेलका लागि मानिस आतुर

  • प्रकाशित मितिः असार २४, २०७५
  • 422 पटक पढिएको
  • Mausam

रुसमा जारी विश्वकप फुटबलमा तीन हप्ताअघि गोल्डेन ट्रफीको सपना बुनेर यात्रा सुरु गरेको ३२ देशमध्ये अब सीमित देश मात्रै बाँकी रहेका छन् ।

शनिबार राति भएका क्वाटरफाइनलका खेलपछि सेमिफाइनल समिकरण पूरा भएको छ । यसपटकको विश्वकपको उपाधि उचाल्ने सपना अझै बाँकी राख्न सफल चार टिम हुन्, बेल्जियम, फ्रान्स, इंग्ल्याण्ड र क्रोएसिया ।

यसपटक कुनै पनि दक्षिण अमेरिकी देश अन्तिम चारमा आएका छैनन् । सेमिफाइनलमा स्थान बनाएका चारै देश युरोपका हुन् । यसको अर्थ यसपटकको विश्वकप युरोपमा जाने पक्का छ ।

सपनाको यात्रामा बाँकी रहेका मध्ये अझै तीन देशलाई पाखा लगाउँदै एकदेश विश्व विजेता बन्नेछ । क्वाटरफाइनलका खेलमा फ्रान्सले दक्षिण अमेरिकी देश उरुग्वेलाई २–० ले हराएर अन्तिम चारमा स्थान पक्का गर्‍यो ।

ब्राजिलको सपना पनि अर्को युरोपेली देशबाट टुट्यो । बेल्जियमले विश्वकपमा सबैभन्दा सफल टिम ब्राजिललाई २–१ ले हराउँदै विश्वकपको अन्तिम चारमा स्थान पक्का गरेको हो ।

शनिबार भएका खेलमा स्वीडेनको चुनौती २–० ले पन्छाउँदै ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्याण्डले सेमिफाइनल यात्रा तय गरेको छ ।

रोमाञ्चक रुपमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको आयोजक रुसको यात्रा टुंग्यायो क्रोएसियाले । २–२ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइयो । त्यसमा क्रोएसिया ४–३ ले विजयी भयो र सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो ।

अब आउँदो मंगलबारदेखि सेमिफाइनलका खेल हुनेछन् । चार देशले फाइनलमा स्थान बनाउनका लागि प्रतिस्पर्धा गर्नेछन् ।

फ्रान्स र बेल्जियमबीच जुलाई १० अर्थात असार २६ गते, राति पौने ११ बजे खेल हुनेछ । क्रोएसिया र इंग्ल्याण्डबीच जुलाई ११ अर्थात असार २७ गते, राति पौने ११ बजे विश्वकपका खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved