इटहरीका सबै बिद्यालयमा एउटै पोसाक लागु, किताव तथा स्टेशनरी बिक्रि बितरणमा रोक

  • प्रकाशित मितिः माघ २५, २०८०
  • 164 पटक पढिएको
  • जीवन फुयाँल

इटहरी/ बिद्यार्थी बीच बढ्दै गएको असमानता मध्यनजर गरेर इटहरी उपमहानगरपालिकाले सबै बिद्यालयमा एउटै पोसाक लागू गर्ने भएको छ। नयाँ शैक्षिक सत्रका लागि अभिभावकले बिद्यालय पोशाक खरिद गर्ने बेला इटहरी उपमहानगरले यस्तो निर्णय लिएको हो। 

इटहरीमा १सय ३४वटा निजी र ३६वटा सामुदायिक गरि १सय ७० वटा विद्यालय छन्। अव इटहरीका ६३ हजार ५सय २६जना बिद्यार्थी एउटै पोशाकमा विद्यालय जानेछन्। नगरशिक्षा समिति इटहरीले बिद्यार्थीको पोशाकमा विविधता देखिएको भन्दै एकरुपता ल्याउन यस्तो निर्णय गरेको हो। 

इटहरी उप–महानगररपालिकाका नगर प्रमुख प्रमुख हेमकर्ण पौडेलले भन्नुभयो “इटहरी भित्रका निजी तथा सबै सामुदायिक बिद्यालयमा अध्ययनरत विद्यार्थीले एकैखालको पोशाक लगाउनुपर्ने गरी नियम बनाएका छौं, बिद्यालयमा टाई हटाएर भादगाउले टोपी लगाउने निर्णय गरेको हो। अब इटहरीका बिद्यालयमा टाइ देख्न पाईने छैन”।

उपमहानगरका प्रमुख पौडेलले ‘पोशाक देखेर इटहरीका बिद्यालयको बिद्यार्थी रहेछ भनेर सबैले चिनून् भन्ने उद्देश्य पनि हो, निजी स्कुलहरुले ड्रेस पनि बढि मुल्यमा आफ्नै स्कुलबाट बिक्रि गर्ने गरेका छन् त्यो रोक्ने हाम्रो अभियान पनि हो, उपमहानगरका कर्मचारी र जनप्रतिनिधिहरुको छोराछोरी अनिवार्य रुपमा सरकारी बिद्यालयमा नै पढाउनुपर्ने निर्णय पनि गरिएको छ’।

मेयर पौडेलले स्कुलहरुले आफ्नो लोगो भने राख्न पाउने भन्दै निजी स्कुलहरुमा मोचा, टाई समेत बिक्रि गर्ने गरेको भन्दै त्यो रोक्न कदम चालिएको र बिद्यालय मातहतमा कुनै स्टेशनरी बेच्न नपाइने र भर्ना शुल्क वापत एकपटक लिएपछि सो बिद्यालयमा पढ्ने बिद्यार्थी वापत पटक पटक कक्षा चड्दा भर्ना शुल्क लिन नपाइने नियम बनाईएको बताउनुभयो।

बिद्यालय आफैँले किताब बेच्न नपाउने

बिद्यालय आफैँले किताब बेच्ने गरेको गुनासो बढेपछि इटहरी उप–महानगरपालिकाले बिद्यालय आफैले किताब बेच्न नपाउने निर्णय गरेको छ।  बिद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्रीवितरण गर्न रोक लगाएको हो।

बैठकले उप महानगर भित्र सञ्चालित बिद्यालय शिक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउन यो निर्णय गरेको मेयर हेमकर्ण पौडेलले बताउनुभयो। बिद्यालय आफैले किताव तथा स्टेशनरी राखेर बिक्रि गर्ने प्रतिबन्ध गरिएको मेयर पौडेलको भनाई छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved