६० किलाे सुन प्रकरणमा सिआइबीका डिएसपी रुगम कुँवरकाे साँठगाँठतस्कर भगाएकाे खुलासापछि लिइयाे बयान

  • प्रकाशित मितिः माघ २६, २०८०
  • 168 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं /६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सिआइबी)द्धारा भगाइएका जीवन चलाउनेबारे जाँच-बुझ आयोगले सिआइबीका डिएसपी रुगम कुवँरसँग बयान लिएको छ।

चिनियाँ नागरिक दावा छिरिङसँग प्रत्यक्ष सम्पर्कमा रहेर सुन तस्करीमा संलग्न रहेका विवादित व्यापारी चलाउने सिआइमा कार्यरत डिएसपी कुँवरनिकट हुन्।

दावासँगको कनेक्सनमा उनलाई सिआइबीले पक्राउ गरेको थियो। तर, डिएसपी कुँवरको मिलोमतोमा उनलाई साधारण बयान गराएर राता-रात भगाइएको थियो। डिएससपी कुँवरकै मिलोमतोमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई पुगेका थिए।

त्यो कुरा गृह मन्त्रालयदेखि राज्य व्यवस्था समितिको बैठकसम्म पुगेपछि उनलाई प्रहरीले उन्मुक्ति दिएका बारेमा आवाज उठेको थियो। त्यसबारेमा केही दिनअघि मात्र आयोगले सिआइबी प्रमुख एआइजी किरण बज्रचार्यलाई समेत बयानमा बोलाएको थियो।

जीवन चलाउनेका विषयमा राज्य व्यवस्था समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गृहमन्त्रीलाई प्रश्न गरेका थिए। स्रोतकाअनुसार सुन तस्करीमा पक्राउ परेका दावाछिरिङसँग जीवन चलाउनेको सम्पर्क सँगै मोबाइलमा सुन डेलिभर भएको भन्ने प्रमाण फेला परेको थियो।

त्यसपछि सिआइबीले चलाउनेलाई पक्राउ गर्‍याे तर उनलाई हिरासतमा नराखी छुट्टै कोठामा राखेकाे थियाे। त्यसको भोलिपल्ट चलाउनेलाई बयानको नाममा टिपोट गरी त्यहाँबाट भगाइयो। र, उनी दुबई गए।

यो सबै गर्ने ब्युरोमा कार्यरत डिएसपी रुगम कुँवर हुन्।

चलाउने अहिले पनि डिएसपी कुँवरको नियमित सम्पर्कमा छन्। उनले प्रत्येक दिन बोटिएममा कुरा गर्छन्। उनको नाममा इन्टरपोलबाट नोटिस जारी नगराउँनका लागि कुँवरले नै सिआइबीको मुद्धा शाखामा ‘मेरो मान्छे हो’ भन्दै थाम्दै आएका छन्।

चलाउनेलाई बयान गराएर सिआइबीले सुटुक्क छाडेको सूचना प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसम्म पुगेको थाहा पाएपछि सिआइबी प्रमुख एआइजी बज्रचार्यले हतार-हतार चलाउनेलाई फरार सूचीमा राखेकी थिइन्।

महानिरीक्षक कुँवरले तुरुन्तै चलाउनेलाई पक्राउ गरी अनुसन्धान गर्न निर्देशन दिएपछि सिआइबीले उनलाई फरार सूचीमा राख्न बाध्य भएको थियो। यो सबै सेटिङ मिलाउने काम ब्युरोका डिएसपी रुगम कुँवरकाे भएकाे सिआइबीकै एक प्रहरी अधिकृतले बताए। डिएसपी कुँवर चलाउनेका अघोषित व्यवसायीक साझेदार हुन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved