डिफेन्डिङ्ग च्याम्पियन सगरमाथालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाईनलमा सगरमाथा २–१ले स्तब्ध

  • प्रकाशित मितिः चैत्र १४, २०८०
  • 160 पटक पढिएको
  • समय अनलाइन

इटहरी/ डिफेन्डिङ्ग च्याम्पियन सगरमाथा युथ क्लव मोरङ्गलाई हराउँदै त्रिभुवन आर्मी क्लव काठमाण्डौ इटहरी गोल्डकपको फाईनलमा प्रवेश गरेको छ। इटहरी रंगशालामा बुधबार राती भएको पहिलो सेमिफाईनलमा सगरमाथालाई ट्राईब्रेकरमा २–१ले स्तब्ध पार्दै त्रिभुवन आर्मी क्लव काठमाण्डौ इटहरी गोल्डकपको फाईनलमा प्रवेश गरेको हो।

बिभागीय टिम शशस्त्र प्रहरीको एपिएफलाई पहिलो क्वाटर फाईनल खेलमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको डिफेन्डिङ्ग च्याम्पियन सगरमाथा युथ क्लव मोरङ्गको फाईनल यात्रामा आर्मीका गोलरक्षक बिकेश कुथु बाधक बने।

निर्धारित ९०मिनेटको खेलमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो। दुवै पक्षबाट पटक पटक पाएको अवसर सदुपयोग हुन नसक्दा खेलको निर्णय ट्राईब्रेकरबाट लिनुपरेको थियो।

ट्राईब्रेकरमा आर्मीका जर्सी नम्बर ३०का खेलाडी रिपु भुलान र जर्सी नम्बर ३६का फत्तेमान घलेले गोल गर्दै आर्मीलाई फाईनल यात्रा गराए। आर्मीका जर्सी नम्बर १८का खेलाडी नवयुग श्रेष्ठले प्रहार गरेको बल बारमा लागेर फर्किएको थियो भने जर्सी नम्बर १९का खेलाडी जितेन्द्र कार्कीले प्रहार गरेको बल सगरमाथामा गोलकिपर स्टेफिनले सेभ गरेका थिए।   

डिफेन्डिङ्ग च्याम्पियन सगरमाथा युथ क्लव मोरङ्गको फाईनल प्रवेश गर्ने सपनालाई आर्मीका गोलरक्षक बिकेश कुथुले चकनाचुर बनाईदिए। कुथुले सगरमाथाका जर्सी नम्बर १३का खेलाडी बिजु भुजेल, जर्सी नम्बर ९का बिदेसी खेलाडी स्टेफिन र जर्सी नम्बर १का गोलकिपर प्रिसोले प्रहार गरेको गोल सेभ गरेर फाईनल यात्रामा पुर्णबिराम लगाईदिए। यसैगरी विमल घर्ती मगरको प्रहार गोल पोस्टबाहिर गयो । सगरमाथाका लागि सान्त्वना गोल जर्सी नम्बर ५का खेलाडी दिवाकर चौधरीले गरेका थिए।

आजको खेलको म्यान अफ द म्याच आर्मीका गोलकिपर बिकेश कुथु घोषित हुँदै नगद रु १०हजार र मेडल प्राप्त गरे। कुथुलाई इटहरीका समाजसेवी बिष्णु रिजाल र अन्य अतिथिले पुरस्कृत गरे।

भोलिको दोश्रो सेमिफाईनल खेल झापा गोल्डकप बिजेता चर्च व्बाईज युनाईटेड र आयोजक राष्ट्रिय जागृति क्लवका बीच साँझ साढे ६बजे शुरु हुनेछ। 

प्रतियोगिताको बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया पुरस्कार पाउनेछ।

 फाईल तस्विरहरु

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved