आयोजकलाई हराउँदै चर्च व्बाईज युनियन इटहरी गोल्डकपको फाईनलमा

  • प्रकाशित मितिः चैत्र १६, २०८०
  • 145 पटक पढिएको
  • जीवन फुयाल

इटहरी/ आयोजक राष्ट्रिय जागृति क्लव इटहरीलाई पराजित गर्दै चर्च ब्वाईज युनियन काठमाण्डौ इटहरी गोल्डकपको फाईनल प्रवेश गरेको छ। आयोजकलाई १–०ले पराजित गर्दै चर्च ब्वाईज फाईनल प्रवेश गरेको हो।

उपाधि रक्षाका लागि चर्च ब्वाईजले डिफेन्डिङ्ग च्याम्पियन सगरमाथा युथ क्लव मोरङ्गलाई पहिलो सेमिफाईनलमा हराउँदै फाईनल प्रवेश गरेको त्रिभुवन आर्मी क्लव काठमाण्डौसँग  शनिबार खेल्ने छ।

इटहरी रंगशालामा बिहिबार राती सम्पन्न दोश्रो सेमिफाईनल खेलमा आयोजक राजा क्लवलाई १–०ले स्तब्ध पार्दै चर्च ब्वाईज युनियन इटहरी गोल्डकपको फाईनलमा प्रवेश गरेको हो।

दोश्रो हाफको ४३औँ मिनेटमा चर्च ब्वाईजका जर्सी नम्बर ७ का खेलाडी समिर तामाङ्गले निर्णायक गोल गर्दै आफ्नो टिमलाई फाइनल यात्रा गराए। निकै प्रतिष्पर्धात्मक रहेको खेलमा आयोजक राजा क्लवले घम्साघम्सीपूर्ण खेल खेलेपनि गोल गर्न सकेन। पटक पटक पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा राजा क्लवले रित्तो हात मैदान छोड्नु पर्‍यो।

पहिलो हाफको ४०औँ मिनेटमा जर्सी नम्बर ९ का राजेश परियारलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका समिर तामाङ्गले आफ्नो टिमलाई बिनयी गराउँदै आजको खेलको म्यान अफ द म्याच पनि घोषित भए। 

तामाङ्गलाई रेडियो परिवर्तनका बिष्णु रिजाल, उद्योग बाणिज्य संघ इटहरीका उपाध्यक्ष बिष्णु डाँगी र एशियन पेन्ट्सका प्रतिनिधिले नगद, मेडलसहितले पुरस्कृत गरेका थिए।

MAN OF THE MATCH

फाईनल खेल शनिबार साँझ साढे ६बजे शुरु हुने र प्रतियोगिताको बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया पुरस्कार पाउने आयोजकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved