किरात राई यायोक्खा इटहरी १ ,१९ २० को सामुहिक चुला उद्घाटन एवं वार्षिक साधारणसभा सम्पन्न

  • प्रकाशित मितिः चैत २६, २०८०
  • 2383 पटक पढिएको
  • जीवन फुयाल

सुनसरी / किरात राई यायोक्खा वडा कार्यसमिति इटहरी १ ,१९ र २० को १९ औ वार्षिक साधारणसभा एवं सामुहिक तीन चुला सुप्तुलुङ उद्घाटन समारोह सम्पन्न भएको छ ।

तरहरा स्थित भुपु सैनिक भवनको सभाहलमा आयोजित कार्यक्रममा किरात राई समुदायको जन्मदेखि मृत्युसम्म गरिने सम्पुर्ण कार्यको लागी सामुहिक चुला सुप्तुलुङको तीन चुलालाइ मुन्दुमी विधि अनुसार दुई नछुङमाद्वारा उद्घाटन गरिएको छ ।

किरात राई यायोक्खा वडा कार्यसमिति इटहरी १ १९ २० का अध्यक्ष इन्दिरा यालुङ्मा राइको अध्यक्षता तथा तेज वान्तावा राइको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सो वडामा बसोबास गर्ने चार जना किराती नछुङ, धामीहरुलाइ कार्यक्रमका प्रमुख अतिथिले फेटा गुथेर दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरी सम्मान गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष लगाएत मुन्दुमी नछुङमाहरुले तीन चुला सुप्तुलुङमा आगो बालेर सुम्निमा पारुहाङलाई पुजेर कार्यक्रमको विधिवत रूपमा उद्घाटन गरेका थिए । कार्यक्रममा वडामा रहेका ८० वर्ष माथिका ३१ जना जेष्ठ नागरिकहरुलाइ समेत सम्मान गरिएको थियोे ।

कार्यक्रममा किरात राई यायोक्खा वडा कार्यसमिति इटहरी १ १९ २० को वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरिएको छ । कार्यक्रममा किरात राई यायोक्खा इटहरी नगर कार्यसमितिका सचिव राष्ट्र राई , सरस्वती ठाकुर , अन्जु कार्की लगायतका अतिथि एवं यायोक्खा संवद्द व्यक्तित्वहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved