जनजीवनसँग जोडिएका यी काम जसले मन जितिरहेको छ इटहरीवासीको

  • प्रकाशित मितिः वैशाख ३०, २०८१
  • 891 पटक पढिएको
  • जीवन फुयाल

इटहरी/इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले कार्यभार सम्हालेर काम शुरु गरेको २ बर्ष पुरा हुनै लागेको छ। शुरुका केही समय कर विवादमा फसेको इटहरी उपमहानगरपालिकाले पछिल्ला दिनमा गरेका कामले नगरबासीको ध्यान तान्न सफल भएको छ। 
यो अवधिमा उपमहानगरपालिकाले धेरै काम गर्‍यो। कामको लिष्ट लामै होला । तर आम सर्वसाधारण नगरबासीले उपमहानगरको कामलाई कसरी मुल्यांकन गरेका छन् त ?हामीले २ बर्से कार्यकाललाई कसरी सम्झनुहुन्छ भनि नगरबासीहरुलाई सोधेका छौँ। जस मध्ये अधिकांशले मुख्य ५ काम सम्झिएको प्रतिक्रिया दिएका छन्। 
खोलापैनी सफाई, इटहरी अस्पतालको सुधार, विद्यालय खाजा कार्यक्रम तथा शैक्षिक गुणस्तर सुधार, नागरिक सहायता कक्ष र पूर्वाधार विकासको काम नगरबासीले रुचाएका ५ काम हुन्। 
हामीले कुराकानी गरेका मध्ये धेरैले मुख्य रूपमा यी ५कामलाई जोडेर प्रतिक्रिया दिएका छन्। दैनिक जनजीवनसँग जोडिएको र प्रत्यक्ष अनुभव गर्न पाएकाले राम्रो लागेको उनीहरूको भनाई छ।खोलापैनी सफाई :खोलापैनी सफाईको कामलाई अधिकांश नगरबासीले राम्रो काम भनेर प्रशंसा गरेका छन्। वर्षामा डुबानको पिडा भोग्दै आएका नगरबासीले खोला सफा भएपछि डुबान नहुने अपेक्षा गरेको बताए। अघिल्लो कार्यकालमा चर्चा मात्रै भएको तर काम नहुँदा नगरबासीले यस पटक पनि काम हुन्छ भन्ने सोचेका थिएनन्। तर उनीहरूको सोचाई विपरीत खोला सफाई भईरहेको छ । यसकारण पनि उनीहरूको ध्यान तानिएको हो। इटहरी वडा नम्बर २ निवासी राधिका तिम्सिनाले खोला सफाईको काम राम्रो लागेको प्रतिक्रिया दिइन् नयाँ मेयर आएपछि खोला नाला सफाइ देखी टेङ्ग्राखोला सफाई समेत भयो, बाटो सडक पनि बनेको छ । राम्रै काम भएको देखेका छौँ।’ तिम्सिनाले भनिन्, ‘मेयर सावले स्कुल पनि सुधार गर्छु भन्नुभएको छ । त्यो पनि राम्रै लागेको छ।’ ‘खोला सफा भएपछि डुबान हुँदैन कि भन्ने लागेको छ’ उनले थपिन्‘बाढि आउला भन्ने डर सधैँ हुन्छ, तर यो वर्ष खोला सफा गरेको छ। बाढि नपस्ला कि भन्ने लागेको छ । हेरौँ के हुन्छ ।’ इटहरी ४ कि विमला भट्टराईले भनिन्। नगरपालिकाले गरेको राम्रो काम उनलाई यहि खोला पैनी सफाई नै लागेको बताइन्। प्रतिक्रिया व्यक्त गर्ने अन्यले पनि यो विषयलाई भन्न छुटाएनन् । टेङ्ग्राखोलाले दिएको दुःख सम्झिएका नगरबासीलाई यो कामले निकै खुसी बनाएको छ।  

उपमहानगरपालिकाले भर्खरै खेती खोला पनि सफा गर्न खोलाको क्षेत्राधिकारको जग्गा खाली गर्न सूचना जारी गरेको छ। यसले पनि नगर बासीलाई हौस्याएको छ । अब धेरैलाई खेती खोलाको पनि सफाइ हुने विश्वास बढेको छ। त्यहाँ पनि खोलाको जग्गामा बनाइएका घर भत्किएलान् भन्ने लागेको छ।  

इटहरी अस्पतालको सुधार : इटहरी वडा नम्बर ९का बद्रिशर्माले अचेल नियमित रूपमा स्वास्थ्य जाँचका लागि इटहरी अस्पताल जाने गरेको बताए। पहिले बिमाको रेफर लिन मात्रै जाने उनि अहिले भने इटहरी अस्पतालमै चेकजाँच गर्ने गरेको बताए। विशेष गरी नियमित रूपमा डाक्टर भेटिने, ब्लड, सुगर, ई सिजी, एक्स रेलगायतका चेकजाँच पनि हुन थालेपछि ठुलो समस्या आएमात्रै धरान विराटनगर जानुपरेको उनले सुनाए। 
यस्तै इटहरी ९ कै श्याम घिमिरेले अस्पतालमा सुधार आएको आफूले प्रत्यक्ष अनुभव गरेको बताए। ‘अहिले अस्पतालको सेवाको स्तर वृद्धि भएको छ। सेवा वृद्धि भएपछि अहिले मानिसहरू अस्पतालमा चेकजाँचका लागि जाने गरेको मैले अनुभव गरेको छु।’ उनले भने। यी २ जनाले जस्तै अनुभव सुनाउने अन्य नगरबासीले पनि इटहरी अस्पतालमा सुधार आएको प्रत्यक्ष अनुभव गरेको प्रतिक्रिया दिएका छन्।

अस्पतालमा के कति सुधार आएको छ, २ अघि र पछिको अवस्था तुलना गर्दा सजिलै थाहा हुने नगरबासीको भनाई छ। अस्पतालमा आएको सुधारको सङ्केत त्यहाँ हुने भिडभाडले पनि गर्छ। भीड बढेपछि अझै प्रभावकारी व्यवस्थापनको माग हुन थालेको छ। स्वास्थ्य उपचारको सुधार प्रत्यक्ष देख्न र अनुभव गर्न पाएको र स्वास्थ्य क्षेत्रमा हुने खर्च कटौती समेत भएको नगरबासीले बताएका छन्। दैनिक जनजीवनसँग जोडिएको स्वास्थ्य क्षेत्रमा आएको सुधारले नगरबासीको ध्यानाकर्षण गर्न सफल भएको देखियो। 

विद्यालय खाजा कार्यक्रम, शैक्षिक गुणस्तर सुधार : सामुदायिक विद्यालयमा शुरु भएको विद्यालय खाजा कार्यक्रमलाई पनि नगरबासी अभिभावक र विद्यार्थीले राम्रो काम भनेका छन्। उपमहानगरले गरेका काम मध्ये राम्रो काम विद्यालय खाजा कार्यक्रम रहेको प्रतिक्रिया दिएका छन्। शुरुवातमा केही विवादास्पद कुरा आए पनि अहिले भने प्रभावकारी रूपमा सञ्चालन भईरहेको उपमहानगरपालिकाले जनाएको छ। 
विद्यालयमा अनियमित भएका विद्यार्थीलाई नियमित बनाउन र विद्यालय जान उत्प्रेरित गर्न  विद्यालय खाजा कार्यक्रम सफल भएको सरस्वती जब्दी मा.विकी शिक्षिका प्राथना त्रितालले बताइन्। विशेष गरी विपन्न समुदायका विद्यार्थीलाई धेरै राहत भएको शिक्षिका त्रितालको भनाई छ। 

यो कार्यक्रम शुरु भएपछि सामुदायिक विद्यालयमा उल्लेख्य मात्रामा विद्यार्थीको संख्यामा वृद्धि भएको उनले जानकारी दिइन्। अर्कोतर्फ विद्यालयमा अङ्ग्रेजीको पठनपाठनले गर्दा बोर्डिङ स्कुलका बिद्यार्थीहरू पनि सामुदायिक विद्यालयमा आकर्षित भएको उनले बताइन्। यसले सामुदायिक विद्यालयहरू पनि सुधार भएको आफूले प्रत्यक्ष अनुभव गरेको उनको भनाई छ। 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved