भोजपुरको पाँचधारे पोखरीलाई संरक्षण गर्न स्थानीय सरकार लाग्दै

  • प्रकाशित मितिः वैशाख ३०, २०८१
  • 935 पटक पढिएको
  • जीवन फुयाल

भोजपुर / भोजपुरको पर्यटकीय क्षेत्र टेम्केमैयुङ गाउँपालिका-९ मा रहेको ऐतिहासिक पाँचधारे पोखरीलाई संरक्षण थालिएको छ ।

केन्द्रिय सरकार अन्तर्गत पर्यटन मन्त्रालयले पोखरीमा आवश्यक संरचना निर्माण गर्न तथा बगैँचाको विकासका लागि २० लाख रूपैयाँका दरले बजेट विनियोजन गरि पोखरीलाई गर्न थालिएको छ । विसं १९४४ मा स्थापना गरिएको उक्त पोखरीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै आर्थिक पक्षसँग जोड्ने लक्ष्य लिएको छ । पोखरी नजिकै रहेको बगैँचालाई पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न योजना बनाइएको छ ।

पोखरीको बिचमा रहेको खम्बामा माथि एउटा त्रिशूल समेत रहेको थियोे अहिले त्यो त्रिसुल देख्न पाइदैनन । पोखरीको नामबाट महिनामा दुई पटक बजार लाग्ने गरेको छ ।

यहाँ दैविशक्ति रहेको थाहा पाएपछि परापूर्वकालमा धनगञ्ज राईले यसको स्थापना गर्नुभएको उनको भनाइ थियो । वडा कार्यालयको पहलमा अहिले पोखरीको संरक्षण थालिएपछि स्थानीय खुसी भएका छन् ।

बाह्रै महिना पानी आउने पाँच मुहान रहेको पाँचधारे पोखरीमा दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको स्थानीय एगिन्द्र दंगालले बताउनुभयो । यो पोखरीमा रहेका माछा कसैले मारेर खाए त्यसले बाधा पुग्ने जनविश्वास रहेको छ । पोखरी हराबरा बनाउने काम स्थानीय सरकाले गर्दै आएको छ ।

पोखरीलाई संरक्षण गर्न गाउँपालिका र वडा समन्वय गरेर संरक्षण गर्न अगाडि बढेको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताउनुभयो । पोखरीमा पाँच वटा डुङ्गे धारा बनाउने भएको उहाँको भनाइ छ । पोखरीको अगाडि मानिसलाई बस्नका लागि प्रतिक्षालय समेत बनाउने भएको उहाँको भनाइ छ ।

पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पोखरीको संरक्षण गरिरहेका छौँ,’ वडाध्यक्ष माङ्गपाहाङ्गले भने, ‘यस क्षेत्रको विकासका लागि केन्द्र सरकारले केही बजेट दिएको छ । उक्त बजेटले थप संरचना निर्माणमा सहयोग पुग्नेछ ।’ पोखरीको ऐतिहासिक स्वरूपलाई यथावत राख्दै नयाँ संरचना निर्माण गरिने उनको भनाइ छ ।

विगतमा यस पोखरीको नाममा टेम्केमैयुङ-५, खावा केराबारीमा ८० मुरी धान फल्ने गुठी रहे पनि अहिले त्यो हराएको उनले जानकारी दिए । पोखरीको गुठीका रुपमा रहेको जग्गा खोजी गरेर त्यसको संरक्षण गर्नुपर्ने स्थानीय टङ्क घिमिरेले बताए ।

पाँचधारे प्रशस्त पर्यटकीय सम्भावना बोकेको क्षेत्र रहेकाले यहाँको संरक्षण र विकासमा गाउँपालिकाले जोड दिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । ‘पर्यटन क्षेत्रका साथै पालिकाभित्र रहेका सबै सम्भावित क्षेत्रको योजनाबद्धरुपमा विकास थालनी गरेका छौँ,’ उनले भने, ‘पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने प्रशस्त हरियाली चरन क्षेत्र छन् । यस्ता ठाउँको स्तरोन्नति गर्दै स्थानीयलाई कृषि तथा पशुपालनमा जोड्ने योजना छ ।’

सरकारको एक सय घुम्नैपर्ने गन्तव्यभित्र पर्न सफल पर्यटकीयस्थल मुन्दुम पदमार्ग टेम्केमैयुङ गाउँपालिकामा रहेकाले यसले पनि पर्यटकको आवागमनमा थप टेवा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिकेल पौडेलले जानकारी दिए । पालिकाले पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको विकासका क्षेत्रमा काम गर्दै आएको उनको भनाइ छ ।

‘यहाँका पर्यटकीय क्षेत्रको विकास गर्दै गाउँपालिकाको आयवृद्धि गर्ने योजनाका साथ काम गरिरहेको छौँ,’ प्रशासकीय अधिकृत पौडेलले भने, ‘पर्यटकीय क्षेत्रको विकासले स्थानीयको सहज जीवनयापनमा समेत टेवा पुग्छ भन्ने हाम्रो लक्ष्य हो । यस्ता ठाउँको संरक्षणसँगै प्रचारप्रसारमा पनि ध्यान दिएका छौँ ।’

टेम्केमैयुङ गाउँपालिकामा धेरै पर्यटकीयस्थल रहेकाले त्यस्ता क्षेत्रको संरक्षण गर्दै विकासमा जोड दिइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । ‘हाम्रो गाउँपालिका प्राकृतिक स्रोतसाधनको क्षेत्रबाट निकै धनी छ,’ उनले भनिन्, ‘भौगोलिक रूपमा ठूलो रहेकाले सबै ठाउँमा सोचेअनुसार बजेट विनियोजन गर्न सकिएको छैन । प्रदेश र केन्द्र सरकारसँग योजना माग गरेर पर्यटकीय महत्त्व भएका क्षेत्रको विकासमा जुटेका छौँ ।’

पछिल्लो सयम पोखरीको संरक्षण नहुँदा यसको ऐतिहासिक महत्व नै हराउँदै गएको छ । पर्यटकीय स्थल टेम्के डाँडाको काखमा पर्ने यो पोखरीको संरक्षण तथा प्रचारप्रसार गर्न सके सयौँको सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने स्थानीयवासीको भनाइ छ ।

खोटाङ जिल्लाको सिमानामा पर्ने यस ठाउँबाट निकै मनोरम दृश्य देखिने भएकाले यसको विकास, विस्तार तथा प्रचारप्रसार गर्न सके अन्तिरिक एवं बाह्य पर्यटक भित्र्याउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved