भीमनारायण गोल्डकपको उपाधि विर्तामोड युनाइटेड क्लब झापालाई

  • प्रकाशित मितिः वैशाख ३०, २०८१
  • 876 पटक पढिएको
  • जीवन फुयाल

सन्तोष सुवेदी, धनकुटा संवाददाता/
१६ औं संस्करणको शहीद भीमनारायण गोल्डकप फूटबल प्रतियोगिताको उपाधि विर्तामोड युनाइटेड क्लब झापाले उचालेको छ । धनकुटा सदरमुकाम स्थित तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगितामा विभागिय टीम सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौंलाई ३-० गोल अन्तरले हराउँदै विर्तामोड युनाइटेड क्लब झापाले संस्करणको शहिद भीमनारायण गोल्डकपको उपाधि चुमेको हो। झापाले खेलको ५१ औं मिनेटमा कप्तान आषिश चापागाईंको मार्फत गोलको खाता खोल्यो। यस्तै ६४ औं मिनेटमा झापाकै आशिष गुरुङले अर्को १ गोल थप्दै २-० को अग्रतामा पुर्‍याए। यस्तै दोस्रो हाफको इन्जरी समयमा झापाकै देबेन्द्र तामाङले गोल गर्दै ३-० गोलको अग्रता बनाउँदै टीमलाई जित दिलाए। त्यसपछि डिबक्स भित्र झापाका खेलाडीले फल गरेपछि पाएको पेनाल्टी प्रहार गरेका एपीएफका सुमन श्रेष्ठको प्रहार झापाका गोल किपर सन्दिप लिम्बूले रोकेका थिए।
विर्तामोड युनाइटेड क्लब झापा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानलाई ३-० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो। यस्तै सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौ सुनसरीको राष्ट्रिय जागृति क्लबलाई ट्राइबेकरमा ३-२ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो।
उपाधि बिजेता विर्तामोड युनाइटेड क्लब झापाले नगद ५ लाख रुपैयाँ तथा गोल्डकप हात पार्‍यो । उपबिजेता बनेको सशस्त्र प्रहरीको एपीएफ क्लबले नगद २ लाख ५० हजार रुपैयाँ र रनिङ्ग कपमा चित्त बुझायो।
खेल पछि आयोजित समारोहमा बिजेता र उपबिजेता टीमलाई तथा विधागत उत्कृष्ट खेलाडीलाई धनकुटा नगरपालिकामा प्रमुख चिन्तन तामाङ पुरस्कार र प्रमाण पत्र प्रदान गर्नुभयो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved