इटहरी उपमहानगरपालिकाद्दारा नीजि विद्यालयको शुल्क निर्धारण सात दिनभित्रमा कार्यान्वयन नगरे कारबाही गरिरने

  • प्रकाशित मितिः जेठ ४, २०८१
  • 397 पटक पढिएको
  • जीवन फुयाल

इटहरी। नीजि विद्यालयले मनोमानी शुल्क लिएर आलोचना भइरहेका बेला इटहरी उपमहानगरपालिकाले माध्यमिक तहसम्मको शुल्क निर्धारण गरि कार्यान्वयन गर्न सकुर्लर गरेको छ । यदि उपमहानगरपालिकाले निर्धारण गरेको शुल्क कार्यान्वयन नगरे कारबाही गर्ने भएको छ ।

उपमहानगरपालिकाले विद्यार्थीको भर्ना, मासिक पढाई, परीक्षालगायतको शुल्क निर्धारण गरि कार्यान्वयन गर्न सात दिने समयसीमा तोकेको छ । शैक्षिक सत्र २०८१ का लागि नयाँ निर्धारण गरिएको मासिक शुल्क अनुसार पूर्व प्राथमिक तह (नर्सरी) को अधिकतम शुल्क तीनवटा श्रेणीमा विभाजन गरि तोकिएको छ ।

जसमा पहिलो श्रेणीका विद्यालयले दुई हजार ५००, दोस्रो श्रेणीकाले एक हजार ८५० र तेस्रो श्रेणीकाले एक हजार २५० मासिक तोकिएको छ । यस्तै, कक्षा १० को अधिकतम मासिक शुल्क पहिलो श्रेणीका विद्यालयले पाँच हजार, दोस्रो श्रेणीकाले तीन हजार ७५० र तेस्रो श्रेणीकाले एक हजार २५० रुपैयाँ तोकिएको छ ।
उपमहानगरपालिकाद्दारा निर्धारण गरिएको शुल्क अनुसार मासिक पढाई शुल्क एक वर्षमा १२ महिनाको स्वीकृत मासिक शुल्क शिक्षक(कर्मचारीको तलब भत्तालाई आधार मानेर तय गरिएको सार्वजनिक परिपत्रमा उल्लेख छ । यस्तै, वार्षिक शुल्क दुई महिनाको स्वीकृत मासिक शुल्क बराबरको रकम लिन पाउने उल्लेख गरिएको छ ।

यस्तै, भर्ना शुल्क भर्ना हुँदा एक पटक मात्र जुन कक्षामा भर्ना हुने हो सोही कक्षाको स्वीकृत मासिक शुल्कको एक महिनाको शुल्क लिन पाउने गरि तोकिएको छ । धरौटी शुल्कमा विद्यालय अवधिभर विद्यार्थीले तिर्नुपर्ने कुनै बक्यौता हुन गएमा त्यसको सुरक्षण बापत लिन पाउने र जुन रकम फिर्ता गर्नुपर्ने गरि तोकिएको छ । धरौटी शुल्क भने यकिन तोकिएको छैन् ।

यस्तै, परीक्षा शुल्क एक महिनाको पढाई शुल्कको ५० प्रतिशत मात्र वार्षिक वा किस्तामा लिन पाउने गरि तोकिएको छ । स्थानान्तरण शुल्क कक्षा ५ सम्म पाँच सय र माध्यमिक तहको एक हजार मात्र लिने पाउने तोकिएको छ ।

विशेष प्रशिक्षण, आवास, यातायात र भोजन शुल्क भने सुविधा उपयोग गर्ने विद्यार्थीहरुको अभिभावकहरुको दुई तिहाई भेलाबाट पारित भए अनुसार गर्नुपर्ने गरि तोकिएको छ । यस्तै, शैक्षिक सामग्री शुल्क मासिक शुल्कको १० प्रतिशत मात्र लिन पाइने गरि तोकिएको छ ।
यसैबीच, सम्पूर्ण शिक्षक र कर्मचारीहरुको नियुक्तिीपत्र, अध्यापन अनुमति पत्र र शैक्षिक योग्यताको प्रतिलिपी विवरण पनि तत्काल बुझाउन नीजि विद्यालयलाई सकुर्लर गरिएको छ ।
यसअघि पनि उपमहानगरपालिकाले नीजि विद्यालयलाई सकुर्लर गरेपनि अधिकतरले नबुझाएपछि १५ दिने समयसीमा तोकेर सकुर्लर गरेको हो ।

सकुर्लरमा तहगत शिक्षकहरुलाई आर्थिक वर्ष २०८०(०८१ मा भुक्तानी गरेको पारिश्रमिक विवरण पनि उमहानगरपालिकालाई बुझाउनु पर्नेछ ।
विद्यालयमा कार्यरत प्रधानाध्यापकको नियुक्ती पत्र र शैक्षिक योग्यता तथा विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियासहितको विवरण पनि बुझाउनुपर्नेछ ।

उपमहानगरपालिकाको नगर शिक्षा समितिको फागुन १५ गतेको निर्णय अनुसार एकै प्रकारको पोशाक कार्यान्वयन गर्न पनि सकुर्लर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved