चर्चित गायक उर्गेन दोङको प्रस्तुतिका साथमा बुद्ध जयन्ती ऐतिहासिक बनाउने तयारिमा इटहरीका नेपाल तामाङ युवा घेदुङ:

  • प्रकाशित मितिः जेठ ४, २०८१
  • 966 पटक पढिएको
  • जीवन फुयाल

इटहरी : २५६५ औ बुद्ध जयन्तीलाई ऐतिहासिक बनाउनका लागि नेपाल तामाङ युवा घेदुङका सम्पुर्ण पदाधिकारी घामपानी,साझ बिहान नभनी लागि परेको नेपाल तामाङ युवा घेदुङका अध्यक्ष सुमन योन्जनले बताएको हो।

सुनसरी जिल्लाको इटहरी स्थित संगीत चोकमा अवस्थित होटल इनटुरिष्टमा पत्रकार सम्मेलन गरि जेठ ९ गते हुन लागेको सास्कृतिक र धार्मिक प्रवचन कार्यक्रमलाई भब्यता साथ सप्पन्न गर्नका लागि चर्चित गायक तथा संगीतकार उर्गेन दोङ र खेम्बा लामा गुरु बाट बुद्ध प्रवचन राखेको योन्जनले बताएको छ।

पैसा कमाउने उदेश्य नभै बुद्ध नेपालमा जन्मिएको ,तामाङ जातिको एकता र सस्कृतिलाइ बिश्वभर पुर्याउने हेतुले कार्यक्रम आयोजना गरेको उनले बताए। गौतम बुद्ध बुद्दिष्टहरुको मात्र नभइ सम्पुर्ण नेपालिहरुको साझा गौरव भएको बताउदै बुद्ध जयन्तीलाई भब्य बनाउनका निमित्त सम्पुर्ण प्रदेश न १ मा बसोबास गर्ने मानिसहरूलाई आमन्त्रण गर्दै उक्त कार्यक्रममा प्रवेश नि:शुल्क रहेको समेत जानकारी गराए।

यश कार्यक्रममा दोङको साङगितिक प्रस्तुति र लामा गुरुहरु बाट प्रवचन मात्र नभइ तामाङ जातिको बाजा "डम्फु", एक सय भन्दा बढी डम्फुको साथमा नेपाल तामाङ ताम्बा समुहको पनि बेजोड सास्कृतिक प्रस्तुती रहेको उनले दाबी गरे।

उक्त कार्यक्रम नेपाल तामाङ युवा घेदुङ इटहरी उपमहानगर कार्यसमितिको आयोजना ,नेपाल तामाङ युवा घेदुङ सुन्सरी जिल्लाको समन्वय र इटहरी वडा नम्बर १९ र २० तरहराका युवाहरूजो ब्यबस्थापनमा श्री महायान साङ्गा छ्योलिङ गुम्बाको खेल मैदानमा सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved