इटहरीका संस्थागत विद्यालयलाई छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन

  • प्रकाशित मितिः जेठ १४, २०८१
  • 1041 पटक पढिएको
  • जीवन फुयाल

इटहरी । इटहरी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाले संस्थागत विद्यालयहरूलाई १० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन दिएको छ । महाशाखाले एक सूचना जारी गर्दै संस्थागत विद्यालयमा भर्ना भएका कूल विद्यार्थीको १० प्रतिशतका दरले छात्रवृत्ति विवरण पेस गर्न निर्देशन दिइएको हो ।

सूचनामा गरिब, अपाङ्ग, महिला, दलित र जनजाति विद्यार्थीको नामावलीसहितको विवरण १५ दिनभित्रमा बुझाउन निर्देशन दिएको शिक्षा शाखाका प्रमुख दोर्ण दाहालले बताए । अनिवार्य रुपमा निर्देशन पालना नगरे कारवाही गरिने प्रमुख दाहालको भनाइ छ ।


इटहरी उपमहानगरपालिकाले यसअघि शिक्षकको तलब सुविधा र पेसागत सुरक्षा एवम् शिक्षक(कर्मचारीको नियुक्तिपत्रलगायतका नियमबारे पनि निजी विद्यालयलाई विवरण अविलम्ब पठाउन सकुर्लर गरेको थियो ।

इटहरी क्षेत्रमा १७० वटा विद्यालय रहेका छन् । जसमा ३६ वटा सरकारी विद्यालय रहेका छन भने अरु निजी रहेका छन् । पछिल्लो केहि समय यता इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले शिक्षाक्षेत्र सुधारका अभियानहरु चलाईरहेका छन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved