कोशी प्रदेशमा -दलित र गैरदलित हातेमालो अभियान

  • प्रकाशित मितिः जेठ २२, २०८१
  • 1129 पटक पढिएको
  • जीवन फुयाल

बिराटनगर /कानुनी रुपमा यो देशमा छुवाछूत छैन’, रिडेफका अध्यक्ष उमेश विश्वकर्माले भने, ‘व्यवहारिक रुपमा भने जहाँतहीं विभेद नै विभेद मात्रै छ ।’ उनले व्यवहारिक रुपमै विभेद हटाउने उद्देश्यका साथ दलित–गैरदलितहरु अंकमाल गरेर अघि बढ्न जरुरी रहेको औंल्याए । उनले दलितका समस्यालाई गैरदलितहरुले पनि आफ्नो समस्याको रुपमा लिनु पर्ने बताए ।

दलित अभियन्ता प्रदीप परियारले विभेदविरुद्ध दलित र गैरदलितबीच छलफल र संवादको थालनी हुनु नै सुखद पक्ष रहेको टिप्पणी गरे । उनले दक्षिण एसियाली देशहरुमा मात्रै सीमित जात व्यवस्थाको जालो पछिल्लो समय यूरोप, अमेरिका र अस्ट्रेलियाजस्ता समृद्ध देशहरुमा पनि फैलिँदै जानु गम्भीर भएको बताए । परियारले भने, ‘जहाँ नेपाली पुगेका छन्, त्यहाँ जात व्यवस्था पनि सँगै पुगेको देखिन्छ ।’

प्राध्यापक कृष्ण पोखरेलले समाज चलायमान बन्दै गयो भने विभेदहरु पनि किनारा लाग्दै जाने जिकिर गरे । उनले त्यसका लागि दलित–गैरदलितबीच निरन्तर संवाद जरुरी रहेको औंल्याए । ‘छलफल गरेरमात्रै पनि हुन्न’, पोखरेलले थपे,‘व्यवहारिक कार्यान्वयनतिर पनि सबैले जोड दिनुपर्छ ।’

जात व्यवस्था सामाजिक समस्यामात्रै नभएको बताउँदै पोखरेलले राजनीतिक, आर्थिक र सांस्कृतिक समस्या पनि रहेको स्वीकारे । उनले सन् १९१० को मुलुकी ऐन र अहिलेको संविधानमा धेरै परिवर्तन आए पनि व्यवहारिक पक्ष भने सुध्रन नसकेको बताए । ‘दलितका लागि कानुनमा पर्याप्त अधिकार दिइएको छ’, उनले थपे, ‘कार्यान्वयन तह ज्यादै फितलो छ ।’

जिल्ला समन्वय समिति मोरङका उपाध्यक्ष उषा झाले संसद्‌ले पहिल्यै अन्त्य गरेको जातीय विभेद अझै सम्म ज्यूँकात्यूँ रहेको कारणबारे आफूले खोजी गरिरहेको जनाइन् ।

उनले दलितका समस्यालाई साझा समस्याका रुपमा लिएर अघि बढ्नु पर्नेमा गैरदलितहरु पन्छिने गरेको बताइन् । ‘विभेद गर्नु अपराध हो भन्ने कानुनी रुपमा भनिएको छ’, उनले थपिन्, ‘तर, समाजले किन परिवर्तन चाहिरहेको छैन यो गम्भीर कुरा हो ।’

संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री जितु गौतमले लोकतान्त्रिक गणतन्त्रमा विभेद जारी रहनु पीडादायी भएको बताए । उनले गणतन्त्र र छुवाछूत सँगै जान सक्ने कुरा नभएको बताउँदै गणतन्त्रमा पनि दलितहरुले जातका आधारमा कुटिनु, मारिनु पर्ने अवस्था रहिरहनु सामान्य कुरा नभएको बताए ।

उनले आरक्षणबारे आम समुदायमा भ्रम रहेको भन्दै दलितले भन्दा गैरदलित खस-आर्य समुदायले आरक्षणको सबभन्दा धेरै लाभ लिइरहेको दाबी गरे । ‘आरक्षणमा रजगज पनि अन्य समुदायको छ’, उनले थपे, ‘दलितमाथि विभेद मात्रै छ ।’

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालका शिक्षालयहरु विभेद उत्पादनका कारखाना रहेको बताउँदै जात व्यवस्था शिक्षकहरुको मनस्थितिवाट बाहिरिन नसकेको दाबी गरे । ‘शिक्षकहरुले मात्रै जात व्यवस्थाको ह्याङओभर फ्याँक्ने हो भने नेपाली समाज धेरै उन्नत हुन जान्छ’, उनले भने । उनले जातीय छुवाछूत र विभेदजन्य अपराधहरु सबै समुदायको सहकार्यबाट मात्रै अन्त्य सम्भव रहेको जनाए ।

कोशी प्रदेशका प्रमुख परशुराम खापुङले दलितको समस्या दलितको मात्रै नभएर सिंगो गैरदलित समुदाय, समाज र राज्यको समस्या रहेको बताए । उनले भने, ‘सबै गैरदलितहरुले दलितको समस्या हाम्रो पनि समस्या हो भनेर बुझ्ने बित्तिकै विभेद अन्त्य हुन गाह्रो छैन

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved