धरानबाट काँकडभिट्टा हिँडेको बस झापामा दुर्घटना, २१ जना घाइते, घाइते अधिकांश

  • प्रकाशित मितिः असार ४, २०८१
  • 846 पटक पढिएको
  • समय अनलाइन

झापा : झापाको कमल गाउँपालिका वडा नम्बर ४ चुलाचुली मोडस्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा २१ जना यात्रु घाइते भएका छन् ।

आज बिहान सवा ७ बजेको समयमा झिलझिलेबाट दमकतर्फ जाँदै गरेको बा ३ ख २१६६ नम्बरको ट्रिपर र विपरीत दिशा तर्फबाट आउँदै गरेको धरानबाट काँकडभिट्टाका लागि हिँडेको को १ ख ५०८७ नम्बरको चन्द्रमा यातायात नामक यात्रुवाहक बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा बसमा सवार २१ जना यात्रुहरू घाइते भएका छन् । उनीहरूलाई उपचारको लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

घाइते हुनेहरूमा झापा कमल गाउँपालिका ४ बस्ने वर्ष ३८ की बिनु लिम्बू, झापा दमक नगरपालिका ५ बस्ने वर्ष ४२ का कलिन्द्र शेर्मा, मोरङ मधु मल्लाकी कल्पना कटुवाल, उनकै छोरा नामथर नखुलेको अन्दाजी ४-५ वर्षका बालक, मोरङ पथरी शनिश्चरे नगरपालिका १ बस्ने वर्ष ४० की पूर्णमाया पोखरेल, झापा दमक ८ बस्ने वर्ष ५१ का होमबहादुर भट्टराई, सुनसरी इटहरी उपमहानगरपालिका ५ बस्ने वर्ष ३८ की शारदा खड्का, झापा दमक ५ बस्ने वर्ष ४५ का अच्युत निरौला, कमल गाउँपालिका ५ बस्ने वर्ष ३८ की लीला चौहान, दमक नगरपालिका १ बस्ने वर्ष ३५ का राजु कडरिया, झापा गौरादह नगरपालिका ४ बस्ने वर्ष ३० का दुर्गाबहादुर श्रेष्ठ, मोरङ उर्लाबारी नगरपालिका ७ बस्ने वर्ष ५० का कृष्णकुमार तामाङ, दमक नगरपालिका ८ बस्ने वर्ष ६५ का भरत ढकाल, दमक नगरपालिका १ बस्ने वर्ष ४६ की बबिता राई, दमक नगरपालिका ४ बस्ने वर्ष ३० की भारती मगर, कमल गाउँपालिका ५ बस्ने वर्ष ४० का लक्ष्मी सुब्बा,  बिर्तामोड नगरपालिका ४ बस्ने वर्ष २१ का कर्णबहादुर राजवंशी, भोजपुर ट्याम्केमैयुम गाउँपालिका ४ बस्ने वर्ष ४५ की चरित्र राई, मोरङ पथरीशनिश्चरे नगरपालिका १ बस्ने वर्ष ६५ का टङ्कप्रसाद चुँडाल, उनकै छोरी वर्ष १५ की क्याटरिना चुँडाल रहेका छन् ।

Jhapa-Dharan Accident 2

Jhapa-Dharan Accident 3

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved