इटहरीमा एमालेको जनप्रतिनिधीको कारण उपभोक्ताले करौडौ भुक्तानी नपाएको मेयर हेमकर्ण पौडेलको आरोप

  • प्रकाशित मितिः असार १८, २०८१
  • 610 पटक पढिएको
  • समय अनलाइन

इटहरी । इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले एमाले जनप्रनिधीहरुको कारण उपभोक्ताहरुको रकम भुक्तानी दिन नसकेको आरोप लगाएका छन । आज राखेको कार्यपालिका बैठक बहिष्कार गरे पछि मेयर पौडेलले यस्तो आरोप लगाएका हुन ।

पाँच महिना देखि बारम्बार कार्यपालिका बैठक बस्न आग्रह गर्दा पनि एमालेका जनप्रतिनिधीहरुले बस्न नमान्दा उपभोक्ताहरुको करोडौ रुपैया भुक्तानी हुन नसकेको मेयर पौडेलको भनाई छ । कार्यपालिका बैठक बसेर मात्र उपभोक्ताहरुले भुक्तानी पाउछन तर त्यहि कार्यपालिकामा बारम्बार एजेण्डा फर्काउनु परेको गुनासो गरे ।गत असार १० गते भित्र नगरसभा गरेर बजेट सार्वजनिक गर्नु पर्ने कानुनी बाध्यतामा पनि एमाले जनप्रतिनिधीहरुले असहयोग गरेको भन्दै इटहरीलाई बन्धक बनाउन खोजेको मेयर पौडेलको भनाई छ । नगरपालिका सँग पैसा नभएर भुक्तानी नदिएको भन्दै हल्ला फैल्याएको भन्दै नगरपालिका सँग पैसा भएर पनि कार्यपालिका नबस्दा भुक्तानी दिन नसकेको मेयर पौडेलको भनाई छ ।

आज दिउसो ३ बजेलाई तोकिएको कार्यपालिका बैठकमा एमालेले बहिष्कार गरे पनि काँग्रेसका ५ जना वडा अध्यक्षको उपस्थितिमा मेयर पौडेलले एमालेको असहयोग गरेको बताएका हुन ।

इटहरी उपमहानगरपालिकाका प्रबक्ता तथा इटहरी ६ का वडा अध्यक्ष दिवश पोखरेलले बारम्बार एमाले प्रतिनिधीका अबरोधका कारण उपभोक्त्ताले भुत्तानी नपाएको गुनासो गरे । उपभोक्ताहरुले वडा घेर्ने अवस्था भएको भन्दै उपभोक्ताहरुलाई भुक्त्तानी दिन लाग्नु पर्ने बताए । इटहरी २० का वडा अध्यक्ष मणिराम श्रेष्ठले उपभोक्ताहरुले भुक्तानी नपाउदा समस्या भइरहेको भन्दै सबै एक जुट भएर भुक्तानी दिन सहमती जनाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved