इटहरीको ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट बहुमतले पारित

  • प्रकाशित मितिः साउन १, २०८१
  • 906 पटक पढिएको
  • जीवन फुयाल

इटहरी / इटहरी उप-महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८१/०८२ का लागि ल्याएको बजेट तथा कार्यक्रम पारित भएको छ। नगर सभामा छलफल भएपछि बजेट पारित भएको हो।

असार १० गते नगर सभामा इटहरी ६ का वडा अध्यक्ष दिवश पोखरेलले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट पेश गरेका थिए । नेकपा एमालेले औपचारिक रुपमा बिरोध जनाएको उपमहानगरपालिकाको बजेट सोही आकारमा पारित भएको छ ।

असार १० गते सोमबार राती प्रस्तुत बजेट नीति तथा कार्यक्रममा ९६ करोड आन्तरिक आय अनुमान गरिएको छ । असार मसान्त (आज)सम्म पारित गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था अनुसार बहुमत नगर सभा सदस्यको समर्थनमा पास भएको हो ।

उपमेयर सङ्गिता चौधरी अनुपस्थित भएपछि वडा अध्यक्ष दिवस पोखरेलले विनियोजन बिधेयक र अर्थ बिधेयकमा छलफल चलाएका हुन् । यस अघि नेकपा एमालेका सदस्यहरूले बहिष्कार गरेपनि आज बहुमत सदस्यले छलफलमा सहभागीता जनाएका हुन् ।

पारित भएको बजेटमा संघीय समानिकरण अनुदान २९ करोड ५६लाख, संघिय ससर्त अनुदान चालु तर्फ ४९ करोड ४३ लाख र संघिय ससर्त अनुदान पुजीगत तर्फ ८१ करोड ९३ लाख ११ प्राप्त हुने उल्लेख छ । त्यस्तै संघीय समपुरक अनुदान ४ करोड, संघीय विशेष अनुदान ५ करोड आउने प्रक्षेपण गरिएको हो ।

प्रदेश समानिकरण अनुदान १ करोड ९४ लाख , प्रदेश ससर्त अनुदान चालु खर्च तर्फ ३२ लाख ३८ हजार, प्रदेश ससर्त अनुदान पुजीगत खर्च तर्फ २ करोड ४४ लाख र प्रदेश समपुरक अनुदान १ करोड ७७ लाख आउने बजेटमा उल्लेख छ ।

संघीय राजश्व बाँडफाँड १९ करोड ११ लाख, प्रदेश राजश्व वाँडफाँड (सवारी कर) २ करोड ३३ लाख र प्रदेश राजश्व बाँडफाँड (मालपोत रजिष्ट्रेसन) ५६ करोड अनुमान गरिएको हो ।

चालु खर्च तर्फ १ अर्ब ४१ करोड ३४ लाख ३७ हजार अर्थात कुल बजेटको ३९.५ प्रतिशत खर्च गर्ने उपमहानगरपालिकाको योजना छ । वित्तिय व्यवस्था अन्तर्गत साँवा ब्याज भुक्तानी तर्फ ९० लाख अर्थात कुल बजेटको ०.२५ प्रतिशत र पुँजिगत तर्फ २ अर्ब १५ करोड ६० लाख (६०.२५%) खर्च गर्ने बजेटमा उल्लेख छ । जस मध्ये बिषयगत तर्फ ३० करोड, वडा सिमा तर्फ ३८ करोड, नगरस्तरिय योजनाको लागि ८ करोड विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved