भेडेटारमा स्काइवाक सञ्चालनमा

  • प्रकाशित मितिः साउन १२, २०८१
  • 412 पटक पढिएको
  • समय अनलाइन

भेडेटारमा स्काइवाक सञ्चालनमा धनकुटा —मुलुककै पर्यटकीय गन्तव्यमध्येको चर्चित स्थल भेडेटारमा निर्माण भएको स्काइवाक (सिसामा हिंड्ने पुल) शुक्रबारदेखि सञ्चालनमा आएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले टावरको उद्घाटन गरेका छन् ।
भेडेटार स्काइवाक परियोजनाको निजी साझेदारीअन्तर्गत कोशी प्रदेशको यो पहिलो परियोजना हो । सञ्चालन भएको पहिलो दिन नै झन्डै एक हजार बाह्य तथा आन्तरिक पर्यटकले स्काइवाक टावर चढेका छन् ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–४ र धरान उपमहानगरपालिका–६ को संगमस्थल भेडेटारस्थित चार्ल्स प्वाइन्टमा उक्त टावर निर्माण गरिएको हो । कोशी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा उक्त स्काइवाक निर्माण गरिएको हो । दुई वर्षमा सम्पन्न गर्ने उद्देश्यले चार वर्ष पहिले २०७७ फागुन ९ मा प्रदेश लगानी प्राधिकरण र विकासकर्ताबीच परियोजना विकास सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved