कुलमानविरुद्धको मुद्दा सर्वोच्चमा कहिले पालो आउँछ 

  • प्रकाशित मितिः साउन २१, २०८१
  • 967 पटक पढिएको
  • समय अनलाइन

मुद्दामा जबराले आफ्नै इजलासमा राखेर ५ असोज २०७८ मा कारण देखाऊ आदेश दिँदै अन्तरिम आदेश जारी नहुने आदेश दिएका थिए । जबराले शाक्यको मुद्दामा यतिसम्म गरेका थिए कि, कारण देखाऊ आदेशसमेत जारी नगरी र लिखित जवाफ नमगाई नियुक्तिपत्र मगाउने आदेश गरेका थिए । जबराले जानी बुझी यस्तो आदेश गरेका थिए । त्यसपछि यस मुद्दामा संयुक्त इजलासका लागि पेसी तोकेर जबराले मुद्दालाई पछाडि राख्ने काम गरे । जुन मुद्दाको सुनुवाइ हुन सकेन ।

शाक्यको रिट निवेदनमा के थियो माग ?
हितेन्द्रदेव शाक्यले आफ्नो स्थानमा कुलमानलाई नियुक्त गर्नु गैरकानुनी भएको जिकिर गरेका थिए । आफ्नो नियुक्ति ४ वर्षका लागि भएको र सरकारले बीचमै हटाउन नसक्ने तथा आफूलाई अन्यत्र पद सिर्जना गरी नियुक्त गर्न नमिल्ने जिकिर शाक्यले रिटमा गरेका थिए । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तत्कालीन समयमा दुवै पक्षको कुरा सुनेपछि मात्र अन्तरिम आदेश जारीको निर्णय गर्नुपर्ने तर्क अघि सारेका थिए । सर्वोच्चले अन्तरिम आदेश जारी नगरेपछि कुलमानलाई काम गर्न पाउने बाटो खुलेको थियो ।

२४ साउन २०७८ को मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसको तीन दिनपछि २७ साउनमा नियुक्तिपत्र बुझेलगत्तै घिसिङले सोही दिन पदबहाली गरेका थिए ।

प्राधिकरण घाटामा गएको कारण देखाएर शाक्यलाई हटाइएको थियो
नेपाल विद्युत् प्राधिकरणमा हितेन्द्रदेव शाक्य आएपछि पुरै प्राधिकरण नै टाट पल्टेको आरोप लगाइएको थियो । सरकारले शाक्यलाई कसरी हटाउने भन्ने प्रपञ्चको एउटा कारण बनाएको थियो । त्यसपछि शाक्यलाई हटाउनु अर्को कारण अनधिकृत विद्युत् कटौती गरेको आरोप लगाइएको थियो । बिजुली भएर पनि शाक्यले कटौती गरेको गम्भीर आरोप लगाइएको थियो ।

जुन आरोप सरकारले पुष्टि गर्नसक्ने कुनै आधार थिएन । त्यस्तै, विद्युत् चुहावट बढेको भन्दै सरकारले उनका ठाउँमा घिसिङलाई ल्याउने निर्णय गरेको थियो । त्यसमा सरकारले विद्युत् चुहावटको विषयमा शाक्यलाई प्रश्न गर्न सक्थ्यो, तर सरकारले जवाफ माग्नुको साटो उल्टो ऊर्जा मन्त्रालयमा एउटा पद सिर्जना गरेर शाक्यलाई हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved