इटहरी उपमहानगरले किन्यो ४ वटा विद्युतीय नगर बस ! इटहरी आइपुग्यो !

  • प्रकाशित मितिः साउन २२, २०८१
  • 1310 पटक पढिएको
  • समय अनलाइन

इटहरी / इटहरी उपमहानगरपालिकाले चार वटा नगर बस संन्चालनमा आउने भएको छ । उपमहानगरले खरिद गरेको ४ वटा विद्युतीय नगर बस इटहरी आइपुगेको छ ।

इटहरी नगरभरी सहज र सरल रूपमा यातायातको सेवा पुर्याउन विद्युतीय नगर बस सञ्चालनमा ल्याउन लागेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए । असोज १ गतेबाट इटहरीमा नगर बस सन्चालनमा ल्याउदैछौ प्रमुख पौडेलले भने ।

‘चार वटा उनले बसले इटहरीको ४ वटै क्षेत्रलाई कभर गर्ने हिसाबले रुट तय गर्नेगरी काम भइरहेको छ,’ नगरप्रमुख पौडेलले भने । विद्युतीय बस भएकाले ग्राभेल र पिच बाटोहरूमा बस चल्ने उनको भनाइ छ ।

नागरिकको सहजताका लागि संचालनमा ल्याउन लागेको यो नगरबस सहजरूपमा संचालन गर्ने र यसमा छ यसमा हामी प्रतिबद्ध जिपिएस जडानको साथै सुचना मैत्री बनाईने छ । बसमा सिसि क्यामेरा लगाएतका थुप्रै सुविधा हुने नगर प्रमुख पौडेलको भनाई छ ।

नगर बस सञ्चालनको लागि कार्यपालिका बैठकमार्फत वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोख्रेलको संयोजकत्वमा समिति बनाएर काम भइरहेको छ । यो समितिले रुट निर्धारण गर्ने छ ।

उपमहानगरले नेसनल फायर सेफ प्रालिसँग ४ वटा नगर बस किन्ने सम्झौता भएर बस ल्याएको हो । नगर बस अपाङ्ग मैत्री हुने छ ।
गत फागुन ८ गते ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा नगर बस ल्याउने सम्झौता अनुसार बस इटहरी आइपुगेको हो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved