नगरभित्रका युवालाई रोजगारी दिने उद्योगीलाई व्यावसायिक करमा छुट दिँदै दुहबी नगरपालिका

  • प्रकाशित मितिः साउन २३, २०८१
  • 1076 पटक पढिएको
  • समय अनलाइन

इटहरी / दुहबी नगरपालिकाले नगरभित्रका युवाहरूलाई रोजगारी दिने उद्योगीलाई व्यावसायिक करमा ५ प्रतिशत छुट दिने निर्णय गरेको छ ।

नगरभित्रका युवाहरूलाई प्राविधिक शिक्षामा आकर्षण बढाइ दक्ष जनशक्ति उत्पादन गर्ने र रोजगारीको माध्यमबाट नागरिकको आन्तरिक आयमा वृद्धि गरी समृद्द पालिका निर्माण गर्ने अभियानअन्तर्गत नगरपालिकाले उक्त अभियान चलाएको हो ।

जस अभियानअन्तर्गत सुनसरी-मोरङ औद्योगिक करिडोरभित्र सञ्चालित उद्योग ब्यावसायीहरूले स्थानीय युवालाई रोजगार सिर्जना गरेबापत ब्यावसायिक करमा ५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।

स्थानीय तहमा सिटिइभिटी इकोसिस्टम सुदृढ कार्यक्रममा सहभागी सरोकारवालाहरूलाई सम्बोधन गर्दै बुधबार नगर प्रमुख वेदनारायण गच्छादारले उक्त छुटको घोषणा गरेका हुन् ।

५ प्रतिशत राजस्व छुटसँगै उद्योगीहरूलाई बहु उपयोगि परिचय- पत्र उपलब्ध गराइने र कदर पत्रले सम्मानितसमेत गरिने उनले बताएका छन् ।

‘दुहबी नगरपालिकाभित्रका युवाहरूलाई उद्योग-ब्यावसायमा आवश्यक जनशक्तिको मागका आधारमा प्राविधिक शिक्षा अध्ययन गराइने र सैद्धान्तिक कक्षा पछि प्राक्टिकल कक्षा अध्ययनका लागि औद्योगिक प्रशिक्षार्थीका रूपमा सम्बन्धित उद्योगमा पठाइने हुँदा निश्चित समय अध्ययनपछि उत्पादित दक्ष जनशक्तिलाई उक्त उद्योगले रोजगार दिएबापत प्रोत्साहनस्वरूप नगरपालिकाले छुट दिन आँटेको हो,’ उनले भने

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved