प्रहरीमा ‘कू’ प्रयास गर्ने एआइजी ज्ञवालीमाथि कारबाही निश्चित, यसरी गरे पदको दुरुपयोग

  • प्रकाशित मितिः साउन २४, २०८१
  • 731 पटक पढिएको
  • समय अनलाइन

नेपाल प्रहरीमा ‘कू’ गरेर आइजिपी बन्ने चलखेलमा लागेका एआइजी श्याम ज्ञवालीमाथि कसुरदारसँग

 

एआइजी टेकप्रसाद राई नेतृत्वमा गठित छानबिन समितिमा पीडितहरूबाट प्रमाणहरू समेत पेश भएको स्रोतले जनाएको छ ।

छानबिन समितिले सबै प्रमाणहरू संकलन गरेपछि उसको सिफारिसका आधारमा उनीमाथि सरकारले कारबाही गर्नेछ ।

मंगलवारको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रमेश लेखकले सीआईबीका तत्कालीन प्रमुख ज्ञवालीको बदमासीको बारेमा संक्षिप्त जानकारी समेत गराउँदै उनलाई सोही ठाउँमा राख्दा प्रमाणहरू नष्ट गर्ने देखिएकाले सरुवा प्रस्ताव लगेका थिए ।
ज्ञवालीले अघिल्लो सरकारका गृहमन्त्री रवि लामिछानेका पालामा समानान्तर हेडक्वार्टर चलाएको र आइजिपी वसन्त कुँवरलाई ‘कू’ गरेर आफू आइजिपी बन्ने प्रयास गरेको आरोप समेत छ ।

यद्यपि तत्कालीन सत्ता गठबन्धनका मुख्य नेता केपी शर्मा ओलीले प्रहरीमा ‘कू’को प्रयास असफल पारेका थिए । अपराध अनुसन्धानमा अब्बल इतिहास बनाएको सीआइबीको छवि नै समाप्त हुने गरी ज्ञवालीले पदको चरम दुरुपयोग गरेको आरोप छ ।

उनीमाथि सहकारी ठगी प्रकरणका फाइल नै गायब पारेको, सुन तस्करी छानबिन रोकेर आरोपीलाई जोगाएको तथा जीवन चलाउनेलगायत कतिपयसँग करोडौँ रकम बार्गेनिङ गरेर पैसा नदिए सुन तस्करीमा फसाइदिने धम्की दिएका प्रमाण नै सार्वजनिक भएका छन् ।

त्यस्तै ज्ञवालीमाथि बालमन्दिर जग्गा हिनामिना प्रकरणका आरोपीसँग साँठगाँठ गरेको तथा बैंकिङ कसुरमा पक्राउ परेका व्यक्तिहरूसँग करोडौँ रुपैयाँसम्म लेनदेन गरेको पाइएको छ । ज्ञवालीमाथि पदको दुरुपयोग गरेका आधा दर्जनभन्दा बढी प्रकरणमा छानबिन भइरहेको जानकारी मन्त्रिपरिषद् बैठकमा गृहमन्त्रीले गराएको एक मन्त्रीले नेपाल प्रेसलाई बताए ।

गृहमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने- एआइजी ज्ञवालीको बारेमा धेरै गम्भीर प्रकारका घटनामा छानबिन भइरहेको रहेछ । अहिले जसरी नयाँ सरकार आएपछि विभिन्न प्रकरणका छानबिन गरिरहेका प्रहरी अधिकारीको सरुवा गरिएको भनेर केही मिडियामा प्रचार गर्न खोजिएको छ,वास्तविकता भने ठिक उल्टो रहेछ । ज्ञवालीले जिम्मेवार प्रहरी अधिकारीको हैसियतमा पदको चरम दुरुपयोग गरेका प्रमाणहरू नै आएपछि छानबिन थालिएको रहेछ ।

बैठकमा मन्त्री लेखकले छानबिन परेको व्यक्तिलाई सीआईबीजस्तो महत्त्वपूर्ण ठाउँमा राख्दा प्रमाण नष्ट गर्ने र पदको थप दुरुपयोग गर्ने जोखिम देखिएकाले सरुवा गर्ने प्रस्ताव राखेका थिए । सोही बैठकले सीआईबीमा दीपक थापालाई लगेर ज्ञवालीलाई प्रदेश समन्वय विभागमा सरुवा गरेको छ ।

थापाले सम्हालिरहेको महानगरी प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा किरण बज्राचार्यको सरुवा भएको छ । ज्ञवाली हाबी भएका बेला किरण बज्राचार्यमाथि उनले कारबाहीको प्रयास समेत गराएका थिए ।

आगामी भदौमा अवकाश हुन लागेका ज्ञवाली यसबीचमा प्रहरीमा ‘कू’ गराएर आइजिपी बन्ने ध्याउन्नमा थिए । उनी सुन तस्करीमा संलग्न व्यक्तिहरूलाई जोगाउने खेलमा कसरी लागेका थिए भन्ने प्रमाणहरूमाथि समेत छानबिन भइरहेको छ ।

नयाँ सरकार गठनपछि उनको प्रयास असफल मात्र भएन, आफ्नै कर्मको फल भोग्ने अवस्थामा पुगेका छन् । उनले महानगरीय प्रहरी आयुक्त भएका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका इन्द्रजीत राईलाई मध्यरातमा परिसरको हिरासतबाट रानीपोखरीमा लगी अख्तियार प्रमुख प्रेम राईलगायत असम्बन्धित व्यक्तिहरूको नाम पोल्न दबाब दिएका थिए ।

अख्तियारले उनको उमेर किर्ते गरेर नागरिकता बनाएको प्रकरणमा अनुसन्धान थालेपछि उनले नक्कली शरणार्थी प्रकरणमा अख्तियार प्रमुखको नाम पोल्न लगाउन अभियुक्तहरूलाई राति राति रानीपोखरीमा ल्याएर यातना दिएको त्यति बेलै खुलेको थियो ।

ज्ञवालीले सीआइबीको अधिकार र दायरको चरम दुरुपयोग गरेर व्यक्तिगत लाभ लिएकोबारेमै छानबिन केन्द्रित रहेको बताइएको छ । उनी कतैबाट पनि उम्किने ठाउँ नदेखिएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved