इटहरी उपमहानगरपालिकाको छात्रवृत्ति कार्यक्रम नीजि शिक्षालयबाट २१४ जनालाई छात्रवृत्ति

  • प्रकाशित मितिः भदौ ८, २०८१
  • 977 पटक पढिएको
  • समय अनलाइन

इटहरी, । इटहरी उपमहानगरपालिकाले नगरभित्रका नीजि शिक्षालय कक्षा ११ मा पढ्ने २१४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
उपमहानगरपालिकामा ४८३ जनाले शैक्षिक सत्र २०८१(०८२ का लागि आवेदन दिएकामध्ये परीक्षा लिएर छात्रवृत्ति प्रदान गरिएको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख द्रोर्णप्रसाद दाहालद्दारा सार्वजनिक गरिएको नतिजामा उल्लेख छ । उपमहानगरपालिकाद्दारा सार्वजनिक गरिएको नतिजा अनुसार आवेदन दिएकामध्येबाट परीक्षा लिँदा सवैभन्दा बढी विश्व आदर्शबाट ६७ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ । यस्तै, सुष्मा सेकेन्डरीमा ३९ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ । कोशी सेन्ट जेन्सबाट २७, ग्रीनपिस एकेडेमीबाट १४, पूर्वाञ्चल सेकेन्डरीबाट आठ, प्रिमियर ग्लोवलबाट सात र सेतो बङ्गला एकेडेमीबाट छ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ ।
यस्तै, वेविलोन सेकेन्डरी, ज्ञान दर्पण एकेडेमी र चामुन्डा सेकेन्डरीबाट तीन(तीन जना, वाल विकास सेकेन्डरीबाट चार, गोदावरी विद्या मन्दिरबाट दुई र इटहरी नोवेल एकेडेमीबाट एक जनालाई छात्रवृत्ति प्रदान गरिएको छ । छात्रवृत्ति पाउनेमा व्यवस्थापन, विज्ञान, होटल म्यानेजमेन्ट, र कम्प्यूटर विज्ञान अध्ययन गर्ने विद्यार्थी परेका छन् ।
सरकारले निजी विद्यालयले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने घोषणा गरेतापनि ती शिक्षालयले आफूखुसी छात्रवृत्ति कार्यक्रम चलाई रहेका थिए । इटहरी उपमहानगरपालिकाले अघिल्लो शैक्षिक सत्र २०८०(८१ बाट नगरप्रमुख हेमकर्ण पौडेलको अग्रसरतामा निजी शिक्षालयमा छात्रवृत्ति कार्यक्रम प्रभावकारी बनाएको हो । मेयर पौडेलले शिक्षा सुधारमा ब्यापक सुधार गर्ने भन्दै अभियान सुरु गरेका छन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved