साढे ४ करोडमा दुई वटा आकाशे पुल, ७३ करोडमा ८ किमी सडक शुभारम्भ

  • प्रकाशित मितिः भदौ १०, २०८१
  • 975 पटक पढिएको
  • समय अनलाइन

इटहरी : इटहरीको मुख्य चोकमा दुई वटा आकासे पुल निर्माणको काम सुरु भएको छ । मुख्य चोकको धरान लाइन हाल सार्वजनिक शौचालय नजिकै र विराटनगर तर्फ हटिया लाइनमा आकासे पुल निर्माणको काम सुरु भएको हो ।

२०७४ को प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सर्वध्वज साँवाले ‘आहा ! इटहरी’ को कल्पना सहित सेल्फी हान्ने आकासे पुल बनाउने उद्घोष गरेका थिए । आकासे पुल निर्माण गरेर नयाँ आगन्तुकको भेट्ने ठाउँ बनाउने भाषण गरेका सावाँ सोही बाचा सहित प्रदेशसभा सदस्य निर्वाचित भए ।

तर पुल निर्माणको लागि त्यस बिचमा कुनै पनि प्रक्रिया अगाडी बढेन । उनीसँगै चुनावमा पराजित नेपाली काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेल हाल इटहरी उपमहानगरपालिकाको मेयर छन् । मेयर पौडेलले इटहरी बासीको आकासे पुलको सपना पुरा गर्न लागेको बताएका छन् ।

रिजेन्सी बिल्डर्स प्रालीले ४ करोड ५१ लाख ६३ हजारमा ठेक्का पाएको दुई वटा पुल २०८१ फाल्गुन १६ मा सम्पन्न गर्नेगरि सम्झौता भएको छ । धरान लाइनमा ३५ मिटर र विराटनगर लाइनमा २७ मिटर लामो पुल निर्माणको लागि २०८० फाल्गुनमै सम्झौता भएको हो ।

सडक विभाग सँग समन्वय गरिरहेको उपमहानगरपालिकाले अनुमति पाउनासाथ काम अगाडी बढ्ने बताएको छ । यसअघि उपमहानगरपालिकाले ६ लेन सडक आयोजनालाई समन्वय गर्न आग्रह गरे पनि सडक विभागको अनुमति लिएर आउन भनेपछि सोही अनुसार प्रक्रिया अगाडी बढाइएको हो । काठमाण्डौको नयाँ बानेश्वरकै शैलीको पुल अपाङ्ग नागरिकले प्रयोग गर्न नसक्ने गरी निर्माण हुन लागेको छ ।

उता विश्व बैङ्कको सहयोगमा इटहरीको जुट विकास चोक देखी बरगाछी सम्म व्यवस्थित सडकको काम सुरु भएको छ । तत्कालीन मेयर द्वारीकलाल चौधरी र सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेल बिच २०७७ फाल्गुनमा भएको सम्झौता अनुसार सडक निर्माण हुन लागेको हो ।

आशिष आशीर्वाद जेभीले ७३ करोड ८० लाखमा निर्माण गर्न लागेको सडक २०८२ साउनमा सम्पन्न गर्नुपर्ने बताइएको छ । भर्खरै निर्माणको काम सुरु गरेको कम्पनीले तोकिएको समयमा काम सम्पन्न गर्ने अवस्था नभए पनि साइकल लेन सहितको व्यवस्थित सडक बन्न लागेको हो ।

२, ३ र ४ नम्बर वडालाई समेट्ने गरी बन्न लागेको नयाँ सडकको फरक फरक मापदण्ड तय गरिएको छ । २ नम्बरमा ३२ फिट, ३ मा ६० र ४ नम्बर वडामा ५० फिट चौडाइको साइकल लेन सहितको सडक बन्न लागेको हो । जसले इटहरीको ग्रामीण कनेन्टीभिटिलाई सहज बनाउने विश्वास लिइएको छ । ८ किलोमिटर ४ सय मिटर सडक निर्माणपछि इटहरीको प्रमुख पर्यटकीय गन्तव्य तालतलैयाको प्रचार र विकास बढ्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved