काठमाडौं । पर्यटनमन्त्री बद्री पाण्डेले नेकपा (एमाले)सँगको सहकार्यलाई खुकुरीको धारको यात्राको संज्ञा दिएका छन् । नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका पाण्डेले केन्द्रीय समितिको बैठकमा ०८४ को निर्वाचनमा एमाले नै प्रतिष्पर्धी पार्टी भएको बताए ।
“हामीले जोखिम उठाएका छौँ, एमाले नै ०८४ को मूल प्रतिष्पर्धी हो । हामी नै एक ठाउँमा आएका छौँ । हामी खुकुरीको धारमा यात्रा गरिरहेका छौँ,” उनले भने ।
उनले मन्त्रालयभित्र सम्भावना र चुनौती रहेको पनि बताए । उनले मन्त्रालय बुझेपछि मन्त्रीहरू थकित भएको टिप्पणी गरेको एक नेताले जानकारी दिए ।
उनले कर्मचारीहरूको जागिर खानेभन्दा माथि उठ्न नसक्ने मानस