भ्रष्टाचार लुकाउन पौवादुङमा गाउँपालिकाद्वारा दलिय भागबण्डामा कर्मचारी नियुक्ति ।

  • प्रकाशित मितिः असोज ५, २०८१
  • 1077 पटक पढिएको
  • जीवन फुयाल

भोजपुर  /पौवादुङमा गाउँपालिकालेआफ्ना अनियमितता तथा भ्रष्टाचारमा प्रतिपक्षी दलहरूबाट आउनसक्ने अबरोध रोक्न फरक दलका दुई कार्यकर्तालाई रोजगारी प्रदान गरेको छ
गाउँपालिकाले 'खेलकुद बिकास समिति ऐन' जारी गर्दै उक्त ऐनमा आफैले खेलकुद बिकास समिति गठन र प्रशिक्षक नियुक्त गर्न पाउने ब्यबस्था राख्दै प्रतिपक्षी दल नेपाली काङ्ग्रेस आबद्ध दिपक आलेमगरलाई खेलकुद प्रशिक्षकमा नियुक्त गरेको छ। खेलकुदका निमित्त मापदण्ड अनुरुपको खेलमैदान समेत नरहेको तथा अन्य आधारभूत आबस्यकता समेत पुरा गर्न नसकिरहेको अबस्थामा आफ्नो पक्ष बलियो बनाउनका निमित्त नयाँ पद नै खडा गरि यसरी काङ्ग्रेस कार्यकर्तालाइ रोजगारी प्रदान गरिएको छ । त्यसैगरी काठमाडौंका मेयर बालेन साहको "काले काले मिलेर खाऔ भाले" भन्ने भनाइलाइ चरितार्थ गर्दै अफ्ना कर्तुतहरु बाहिर नआउन भनी मुख बुझो लगाउन एकीकृत माओवादी नेता नगेन्द्र भुजेलकी बहिनी , ओमप्रकाश भुजेलकी छोरी तथा स्थानीय माओवादी नेता इन्द्रहाङ राइकी श्रीमती शर्मिला भुजेललाइ सामान्य मापदण्ड पूरा गरि बिना प्रतिस्पर्धा शिक्षिकाको रुपमा नियुक्त गरिएको बुझिएको छ।
हालसालै डार्क फाइल अभियानले सामाजिक सन्जाल फेसबुक मार्फत गराएको जानकारी अनुसार गाउँपालिकाले तत्कालिन पुर्ब प्रधानमन्त्री एवम एमाले नेता केपी ओली स्वागतमा पाँच लाख बिनियोजन गरि बजेट दुरुपयोग गरेको बुझिएको छ।( स्मरण रहोस सोही मर्यादाक्रमका ब्यक्ति डा.बाबुराम भट्टराई आउँदा गाउँपालिकाले एक साधारण कार्यक्रम गरि बिदाइ गरेको थियो।) त्यस्तै आर्थिक बर्ष २०७९/८० र २०८०/८१ मा गड्यौलामल उत्पादन र वितरणमा गाउँपरिषदबाट बजेट छुट्याइ गरिएको काममा एमाले सदस्य तथा गाउँपालिका अध्यक्ष किरण राई,सोही पार्टीकि सदस्य एवम गाउँपालिका उपाध्यक्ष ज्योत्सना राई, प्रमुख प्रशासकिय अधिकृत नवीन भट्टराई लगायतको समेत संलग्ग्नतामा विभिन्न शिर्षकमा भ्रस्टाचार भएको बुझिएको छ।
त्यस्तै स्थानीयहरुका अनुसार अरुणडाडा पर्यटकीय स्थल निर्माणमा गुणस्तरहिन फाइबरका मुर्तिहरु राखी उक्त मुर्ति आयातमा समेत भ्रष्टाचार गरेको हुनसक्ने, साधारण कामको समेत डिपिआर तयार गरि त्यहाबाट समेत कमिसन लिएको हुनसक्ने सम्भावना रहेको भएपनी आफुहरु सङ्ग त्यसको ठोस प्रमाण भने नरहेकोले यसमा आधिकारिक रुपमा ठोकुवासाथ भन्न चाहिँ नसकिने बताएका छन। स्थानीय च्याङ्ग्रे बजारमा पुरातात्त्विक महत्त्वका रुपमा रहदै आएको पन्चकन्या च्याङ्ग्रे पोखरीको अस्तित्व जोखिम समेत बिस्तृत अध्ययन नगरी त्यसको १०० मिटर भन्दा कम दुरीमा मापदण्ड समेत पूरा नभएको फुटबल खेलमैदानमा ठूलो रकम समेत खर्चिएको बुझिएको छ। पुरातात्त्विक महत्त्वका रुपमा रहदै आएको च्याङ्ग्रे पोखरीलाई निर्माणका नाममा बर्षौदेखी अलपत्र पारेर छोड्नु पर्यटनकै नाममा खोला नभएको ठाउँमा बजारमा पुल लगाउनु जस्ता कार्यले बिकास तथा बजेट जनमुखी नभई सिमित स्वार्थमा अगाडी बढिरहेकोले भबिस्यमा अन्य दलबाट आउनसक्ने खतरा न्यूनीकरण गर्न पालिकाले फरक दलका कार्यकर्तालाई कर्मचारी नियुक्ति गरेको स्थानीयहरुको अअरोप रहेको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved