काठमाडौँ प्रहरी परिसरका डीएसपी हरि खतिवडा असोज महिनाका ‘उत्कृष्ट प्रहरी’ घोषित

  • प्रकाशित मितिः कार्तिक १०, २०८१
  • 241 पटक पढिएको
  • समय अनलाइन

काठमाडौं /काठमाडौं प्रहरी परिसरमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) हरि खतिवडा असोज महिनाका लागि ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन्। काठमाडौं प्रहरी परिसरले उनलाई ‘पुलिस अफ द मन्थ’ अवार्ड दिने निर्णय गरेको हो।

काठमाडौँ जिल्लाको शान्ति सुरक्षा र अपराध अनुसन्धानमा खतिवडाले पुर्‍याएको योगदानलाई मध्यनजर गर्दै प्रहरी प्रमुख एसएसपी बसन्त रजौरेले यो सम्मान प्रदान गर्ने निर्णय गरेका हुन्।

प्रहरी संगठनले दिएको जिम्मेवारीलाई विभागीय मूल्य–मान्यता, आदेश–निर्देशन पालना गर्दै व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठताका साथ डीएसपी खतिवडाले आफ्नो भूमिका निभाउँदै आएका छन्। अपराध अनुसन्धानमा उल्लेखनीय योगदान गर्दै उनले विभिन्न अपराधमा संलग्न प्रतिवादीहरूलाई पक्राउ गरी कानूनी कारबाहीमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

यससँगै, सुरक्षामा विश्वासको वातावरण सिर्जना गर्दै नागरिकहरूसमक्ष प्रहरीको सकारात्मक छवि प्रस्तुत गर्न खतिवडाले योगदान गरेका छन्।

प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न र उनीहरूको कामको उचित मूल्याङ्कन गर्दै काठमाडौं प्रहरी परिसरले प्रत्येक महिना उत्कृष्ट प्रहरी छनोट गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved