इटहरी / इटहरीको पुटपाथ क्लियर गर्ने इटहरीका मेयर हेमकर्ण पौडेलले निर्देशन दिएका छन । पछिल्लो समयमा अव्यवस्थीत सवारी पार्किङ, निर्माण सामाग्री सडकमा थुपार्ने, ठुला व्यापारीक महलबाटै सडक पार्किङले इटहरी अस्तव्यस्त हुन थालेको भन्दै क्लियर गर्ने निर्देशन दिएका हुन ।
अहिले इटहरी चौकको मुख्यहाईवे देखि पुर्व तथा पश्चिमलाईनका सडकहरु व्यापारीहरुले कब्जा गरीरहेका छन । प्राईभेट गाडी तथा व्यापारीक सवारी साधनले सडक कब्जा गरेको भन्दै तत्काल फुटपाथ खालि गर्ने लागिएको मेयर पौडेलको भनाई छ । मंगलबार आफै फुटपाथ क्लियर गराउदै सडकमा निस्किएर पौडेलले निरन्तर अभियानमा लाग्ने बताए ।
मेयर पौडेल भन्छन 'सडकहरु कब्जा नै जस्तै भएका छन यात्रुहरु हिड्नसम्म ठाँउ छैन इटहरीमा चौकमा' बारम्बार नराख्न पत्रचार गरे पनि अटेर गरे पछि आज केहि फुटपाथको सामाग्री नियन्त्रणमा लिएका छौ उनले थपे । फुटपाथको कारण दुर्घटना समेत बढेको भन्दै तत्काल हटाउन निर्देशन समेत दिए ।
व्यापारीसँगै सटरवालाले समेत पेटी नै ढाक्ने गरी बाहिर सामान बेच्न राखेपछि पैदल यात्रुलाई समस्या भएको गुनासो बढेकोले आफू अनुगमनमा निस्किएको मेयर पौडेलले बताएका छन् । यात्रुहरूलाई हिँड्न गाह्रो भएको विषयमा सर्वत्र गुनासो बढेपछि उपमहानगरले नगरप्रहरी ,ट्राफिक प्रहरी,सुरक्षाकर्मी ,उद्योगी व्यवसायी सहितको टोलीले सडक ‘क्लियर’ गरेको हो ।
पुर्वकै एक प्रमुख व्यापारीक केन्द्रका रुपमा विकसित बन्दै आएको इटहरी उपमहानगरपालिकाको बजार अस्तब्यस्त हुदा इटहरीको स्वरुप नै बिग्रीएको उपमहानगरपालिकाको बुझाइ छ ।
झनै इटहरीको मुख्यचोक तथा बजार क्षेत्रमा व्यापारीले सडक पेटीमा व्यापारीक सामाग्री र ठुला महलले प्राईभेट पार्किङ बनाउँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।
पैदलयात्रुलाई समेत सास्ती
इटहरीको मुख्यचौक तथाआसपासमा हिड्न समेत सास्तीहुने गरेको छ । पछिल्लो समयमाअब्यवस्थीत सवारी पार्किङ, निर्माण सामाग्री सडकमा थुपार्ने, व्यापारीहरुले सडकमै सामाग्री पर्दशन गर्दा अहिले इटहरी चौक कुरुप बन्दै गएको छ ।
पछिल्लो समयमा बढ्दो सवारी साधनको चाप, सडक क्षेत्रमाआवासीय क्षेत्रको विकास, पैदलयात्रु हिड्ने छुट्टै व्यवस्थानहुनु, साइकल लेन नहुनु र जनसंख्याको उच्च वृद्धिका कारण इटहरी सडक पैदलयात्रुका लागि बढी जोखिमपूर्ण बन्दै गएको हो ।
पैदल यात्री हिँड्ने पेटी कब्जा गर्ने नदिने कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख बिनोद घिमिरेले बताए । मुख्य बजार क्षेत्रमा सडकमा फुटपाथ पसल राख्दा दुर्घटनाको जोखिम हुने भएकाले हटाइने उनको भनाई थियो । उनले पहिले जस्तो नभई अव बजार क्षेत्रको सडकपेटीमा पसल राख्न बन्देज गरिएको समेत बताए । इटहरी चोकमा ट्राफिक व्यवस्थापन थप सुधार गरिँदै लैजाने भएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved