ताप्लेजुङदेखि इटहरी जोड्ने तमोर करिडोर खुल्यो

  • प्रकाशित मितिः मंसिर ५, २०८१
  • 622 पटक पढिएको
  • समय अनलाइन

ताप्लेजुङ —गतवर्ष देखिनै अवरुद्ध पाँचथरको भालुचोकदेखि धनकुटाको मुलघाट–भेडेटार–धरान हुँदै इटहरी जोड्ने तमोर करिडोर खुलेको छ । एपेक्स कन्स्ट्रक्सन प्रालिले हेवाखोलामा हृयुम पाइप राखेर सडक खुलाएको होकम्पनीका प्रोजेक्ट मेनेजर अभि पोख्रेलका अनुसार सोमबारदेखि साना ठूला सबै सवारी चल्न थालेको छ । ‘सडक चाहिँ शनिबार बेलुका नै खुलेको हो,’ पोख्रेलले भने, ‘आइतबार बालुवामा केही गाडी फसे, सोमबार त्यसलाई ग्राभेल लगाएर व्यवस्थित गरेर यातायात चल्ने बनाएका छौं ।’ अब सबै खाले यातायात चल्ने भएको उनले बताए ।

पोख्रेलका अनुसार हेवा खोलामा ९० एमएमको १४ वटा ह्युम पाइप राखिएको छ । माझिटार छेउमा रहेको मोटरवेल पुल गत वर्षको वर्षाले बगाएको थियो । हिउँदमा खोलो घटेपछि साना सवारीसाधन सामान्य चलेका थिए । गत असोज १० देखि १२ गतेको वर्षाले त्यही सडक पनि पूरै बगाएको थियो । अहिले ह्युम पाइप राखेपछि व्यवस्थित भएको कम्पनीले जनाएको छ ।

तमोर करिडोरका आयोजना प्रमुख प्रदीप निरौला आफूहरुसँग मर्मतको रकम नभएकाले निर्माण कम्पनीले नै बनाएको बताउँछन् । ‘सवारीसाधन आवतजावतका लागि निर्माण कम्पनीलेनै काम गरेको हो,’ उनले भने । यो सडक खुलेपछि ताप्लेजुङलाई पनि राहत पुगेको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पाँचथरको कावेली वा भालुचोक भएर यो सडकबाट यात्रा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved