इटहरी / नियमविपरीत विद्यार्थी बोक्ने इटहरी उपमहानगरपालिकाका स्कुल बस कारबाहीमा परेका छन्। स्कुल बसमा साना साना विद्यार्थीहरूलाई समेत उभ्याएर स्कुल लगेको भन्दै इटहरीमा कारबाही सुरु गरेको हो।
नाबालिक विद्यार्थीहरूको सुरक्षालाई लापरबाही गरी सिटमा नराखी उभ्याएर बसमा यात्रा गराएको कारण सराकारी र निजी स्कुल बसलाई कारबाही गरिएको हो । इटहरीका मेयर हेमकर्ण पौडेल आफै सडक आएर बसहरुमा अनुगमन गरिएको हो ।
मेयर पौडेलले स्कुलबसहरुको चरम लापरवाही बढेको भन्दै अनुगमनलाई निरन्तरता दिन समेत निर्देशन दिएका छन । पछिल्लो समयमा इटहरी आसपासमा दुर्घटना बढेको भन्दै निरन्तर अनुगमन र पार्किङ ब्यबस्थापनको काम भईरहेको छ ।
ट्राफिक प्रहरीका डिएसपी रामेस्वर त्वाती इलाका प्रहरी इटहरीका डिएसपी लक्ष्मी भण्डारी सहित अनुगमन गर्दा १२ वटा भन्दा बढि स्कुलका बसलाई कारबाही गरिएको छ ।
नियमविपरीत स्कुल बसमा विद्यार्थी बोक्ने विद्यालयका प्रधानाध्यापकहरूलाईसमेत विद्यार्थीहरूको सुरक्षामा लापरबाही नगर्न र उनीहरूको सुरक्षामा उच्च सतर्कता अपनाउन सचेत गराइएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी भण्डारीले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved