(रास्वपा)का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले सञ्चार माध्यमले श्रीमान हिरासतमा भएको बेला आफूमाथि केही मिडियाले ‘पुरुषार्थ’ देखाएको बताएकी छिन्।
उनले सामाजिक सञ्जालमार्फत आफूसँग आधिकारिकता नबुझेरै करोड खाएको समाचार लेखिएको भन्दै आपत्ति जनाएकी हुन्। उनले ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिरिरहेको उल्लेख गर्दै संवेदनशील विषयमा मिडिया संवेदनहीन भएको जिकिर गरिन्।
‘आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नु भयो, ‘तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड। तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देऊ न। मैले पनि हाँस्दै भने, ‘त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु’, उनले लेखेकी छिन्।
‘कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोबारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ? आफ्नो सम्पूर्ण बैंकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु,’ उनले भनेकी छन्, ‘यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु ! समाचार लेख्नेमाथि दया लागेर आउँछ।’
उनले लेखेकी छिन्, ‘खाता मेरो हो। यति/उति पैसा छ भनेर आ-आफैँ अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि ! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मूकदर्शक बनेकोमा झनै आश्चर्यमा छु। मेरो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देऊ भनेको हो। अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौं।’
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved