इटहरीमा हुने नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । मंगलबार बिहान पत्रकार सम्मेलनको आयोजना गरी पुस ६ देखी ८ गतेसम्म हुने कार्यक्रमको तयारी पूरा भएको जानकारी दिइएको हो ।
महाधिवेशनको पुस ६ गते दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घघाटन गर्ने माहाधिबेशन आयोजक समितिका निर्देशक दिपक ढकालले जानकारी दिए ।
इटहरी जेसीजको आतिथ्यतामा जनता स्कूलको खेल मैदानमा हुने राष्ट्रिय माहाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।
महाधिवेशनमा देशभरका नेपाल जेसीजका १७८ शाखाबाट २ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन भने १ हजार २ सय ४६ जना मतदाताले बर्ष २०२५ का लागि नयाँ नेतृत्व चयन गर्नेछन ।
उद्घाटन कार्यक्रममा पर्यवेक्षक तथा अतिथि समेत गरी करिब ५ हजार बढीको सहभागिता रहने आतिथ्य शाखा इटहरी जेसीजका अध्यक्ष सुमन सुबेदीले बताए ।
महाधिबेशनमा शान्ति पदयात्रा, धार्मिक तथा पर्यटकीय क्षेत्रको दृश्यावलोकन, प्रकरण गोष्ठी, वक्तृत्वकला पूर्व शाखा अध्यक्षको लागि ब्याडमिण्टन प्रतियोगिता, र बार्षिक साधारणसभा हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved