कनिका मिसाएर बेसार पिस्ने इटहरीको मिलमा उपमहानगरले लगायो ताला ! ५० हजार जरिवन

  • प्रकाशित मितिः पुस ४, २०८१
  • 503 पटक पढिएको
  • समय अनलाइन

इटहरी / गुणस्तरहीन चामलको कनिका मिसाएर बेसार पिस्ने मिल र व्यापारीलाई इटहरी उपमहानगरपालिकाले ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

इटहरी ८ मा रहेको मेघा कुटानी पिसानी उद्योगमा गुणस्तरहीन बेसारको उत्पादन गर्दै आएको भेटिएपछि /अनुगमनको क्रममा उपमहानगरपालिकाले जरिबाना तिराएको हो ।

उपभोक्ता हित संरक्षण शाखा इटहरीको अनुगमन टोलीको अनुगमन गर्ने क्रममा बेसारमा गुणस्तरहीन चामलको कनिका मिसाएर पिस्दै गरेको रङ्गेहात फेला पारेको थियो ।

अनुगमन टोलीले तत्काल मिल बन्द गराएर मिसावट गरिएको पिस्दै गरेको र पिस्न तयार पारेको एक सय ८० किलो बेसार बरामद गरेको हो । अनुगमन टोलीले उद्योगमा ताला लगाएको हो ।

इटहरी उपमहानगरपालिकाकी खाद्य निरीक्षक अनु अर्यालका अनुसार मिसावट गरेर बेच्नु गैरकानुनी कार्य हो । ‘कानुनअनुसार मिसावट गरेर बेच्न पाइँदैन, अनुगमनको क्रममा गुणस्तरहीन चामलको कनिका मिसाएर बेसार तयार गरेको पाइएपछि जरिबाना र तालाबन्दी गरिएको हो’, उनले भनिन् ।

उनकाअनुसार मिल सञ्चालकले जरिबाना रकम तिरिसकेको छ । जरिबाना रकम तिरेपछि उद्योगमा लगाएको ताला खोलिएको समेत खाद्य निरीक्षक अर्यालले बताइन् । बरामद गरिएको बेसार नष्ट गरिने उपमहानगरको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved