मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

  • प्रकाशित मितिः पुस ४, २०८१
  • 1049 पटक पढिएको
  • समय अनलाइन

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय धरान, सुनसरीमा कार्यरत प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुलाई २०८१ साल मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित गरेको छ ।
विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले मंसिर १८ गते सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितमा लागुऔषध गाँजा बोकेको बा.१ झ ५१२७ र बा १ झ ४६०५ नम्बरको सरकारी नम्बर प्लेट लगाएको दुईवटा गाडी नियन्त्रण लिने क्रममा गाडीका चालकले तिव्र गतिमा सवारी चलाएको हुँदा ४ राउण्ड गोली फायर गरी उक्त गाडीलाई नियन्त्रणमा लिइ दुवै सवारी साधनबाट ६ सय ९० किलोग्राम गाँजा बरामद गरि चालकलाई पक्राउ गर्न सफल भएको र बिभिन्न मुद्दाका ११ जना फरार प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएको साथै भन्सार चोरी पैठारी गरी ल्याएको करिव १७ लाख ३२ हजार ४ सय ३० रुपैँया बराबरको सामानहरु बरामद गर्न सफल भएको हुँदा प्रहरी नायव उपरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल मंसिर “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved