तेह्रथुम परिसरमा निर्मित पुस्तकालय, शिशु स्याहार केन्द्र,अतिथि गृहको उद्‍घाटन

  • प्रकाशित मितिः फागुन १, २०८१
  • 771 पटक पढिएको
  • समय अनलाइन

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले फाल्गुन १ गते जिल्ला प्रहरी कार्यालय तेह्रथुमको निरीक्षण भ्रमणको क्रममा कार्यलय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा निर्मित पुस्तकालय, शिशु स्याहार केन्द्र तथा अतिथि गृहको समेत उद्‍घाटन गर्नु भएको छ । कार्यालय निरीक्षण तथा उद्‍घाटन कार्यक्रम पश्चात प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशनको क्रममा वहाँले सुरक्षा सदैव सम्वेदनशिल बिषय भएकोले आफुलाई सुम्पिएको जिम्वेवारी चुस्त दुरुस्त अवस्थामा अनुशासित तवरले विश्राम नलिई आफ्नो पदिय दायित्व निर्वाह गर्न र समाजलाई जीवन्त राख्न ईमान्दारीताका साथ प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । वहाँले नतिजामुलक कार्य गरी सदैव प्रहरी संगठनको गरीमालाई उच्च बनाउन जोड दिनुका साथै श्रोत साधनको अभाव रहेको भनेर गुनासो मात्र गर्ने होईन, अभावलाई व्यवस्थापन गरेर नागरिकको मन जित्ने गरी काम गर्नु पर्ने बताउनु भएको छ ।
समाजमा शान्ति सुरक्षा स्थापना गर्ने प्रहरीको प्रमुख जिम्वेवारी रहेको बताउदै अपराधिक गतिविधिलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउनका साथै सामुदाय प्रहरी साझेदारी कार्यक्रमलाई निरन्तरता दिदै दुरदराजमा रहेका नागरिकहरुमा प्रहरी सेवाको पहुच पुर्‍याउन गस्ति परिचालन तथा सचेतनामुलक कार्यक्रम संचालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा पाल्नु भएका वहाँले उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved