इटहरी– कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा भएको छ । नयन एड्भरटाइजिङ मिडियाले बुधबार इटहरीको सोल्टी वेस्टेन्ड होटेलमा दिउँसो ३ बजे अवार्ड कार्यक्रम गर्ने भएको छ ।
कम्पनीका अध्यक्ष पवन अधिकारीका अनुसार कार्यक्रममा विभिन्न विधाका १३ जनालाई अवार्ड प्रदान गरिनेछ अवार्ड कार्यक्रमबाहेक विभिन्न क्षेत्रमा योगदान पुर्याएका अन्य १२ जना व्यक्ति तथा संस्थालाई सम्मान प्रदान गरिने तयारी गरिएको अधिकारीले बताए ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गर्ने आयोजकले बताएको छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, नेपालकी प्रथम महिला मुख्य सचिव लीलादेवी गड्तौलाको पनि सहभागि हुने आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved