जिल्ला स्तरिय सुरक्षा मिटिङ तथा प्रशिक्षण कार्यक्रम सम्पन्न........

  • प्रकाशित मितिः फागुन १९, २०८१
  • 692 पटक पढिएको
  • समय अनलाइन

सुनसरी /जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाज्यूको उपस्थितीमा मातहत प्रहरी इकाईका इकाई प्रमुख, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान सुनसरी र मातहत ट्राफिक प्रहरी पोष्टमा कार्यरत इन्चार्जहरूबीच यस कार्यालयको बहुउद्देश्य भवनमा आ.व.०८१/०८२ को कार्य सम्पादन करार सम्झौता अनुसार फागुन १ गतेदेखि हाल सम्म भएको प्रगतीका बारेमा समिक्षात्मक बैठक बसी हाल सम्म मातहत प्रहरी ईकाईले गरेका प्रगती विवरणको बारेमा इकाईगत प्रस्तुतिकरण प्रस्तुत गर्नु भयो ।
सो पश्चात मातहत प्रहरी ईकाईहरुले गरेका सवल पक्ष र आगामी दिनहरुमा गर्नु पर्ने कार्यहरुका सम्बन्धमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाज्यू बाट (फै.ला.भ.न.) फैसला कार्यान्वयन (फरार प्रतिवादी पक्राउ) सम्बन्धि विवरण, लागु औषध नियन्त्रण तथा बरामद एवं लागु औषधको प्रभावकारी अनुसन्धान ,भन्सार छली चोरी निकासी नियन्त्रण एवं मासिक रूपमा संचालन गरिएका नवप्रवर्द्धनात्मक कार्यहरू बारेमा र ट्राफिक प्रहरीले गर्नु पर्ने सडक अनुशासन, दुर्घटना न्यूनीकरण, राजश्व संकलन, राजमार्ग चेकिङमा खटिने प्रहरी कर्मचारीहरूको व्यक्तिगत सुरक्षा,संयुक्त चेकिङको अवस्थामा गरिने काम कारवाही, ट्राफिक जनचेतनामुलक कार्यक्रम लगायतका समसामयिक विषयहरुमा इकाई प्रमुखहरुलाई आवश्यक निर्देशन दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved